आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

बीवाईडीले उत्पादन गर्‍यो ७० लाख वटा न्यू इनर्जी सवारी

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, चैत १३ २०८०
बीवाईडीले उत्पादन गर्‍यो ७० लाख वटा न्यू इनर्जी सवारी

कम्पनीको सन् २०२१ को मे १० लाख वटा कार भएको थियो। करिब १३ वर्षमा १० लाख वटा कार बनाएको बीवाईडीले त्यसयता कार उत्पादन उल्लेख्य रुपमा बढाएको हो।

काठमाडौं- चिनियाँ विद्युतीय सवारी उत्पादक कम्पनी बीवाईडीले सवारी उत्पादनमा ठूलो सफलता हासिल गरेको छ। बीवाईडीले हालै ७० लाख वटा विद्युतीय सवारी उत्पादनको कोशेढुंगा पूरा गरेको हो। 

बीवाईडीले ७० लाखौँ कारको रुपमा प्रिमियम ब्राण्ड डेन्जाको अपडेटेड ‘एन-७’ रोलआउट गरेको जनाएको छ। बीवाईडी अटोमोटिभ उद्योगमा २००३ मा प्रवेश गरेको थियो। 

बीवाईडीले सन् २००८ देखि न्यू इनर्जी भेहिकल उत्पादन गर्न सुरु गरेको थियो। कम्पनीले पहिलो १० लाख कार उत्पादन गर्न करिब १३ वर्ष लागेको थियो।

कम्पनीको सन् २०२१ को मे १० लाख वटा कार भएको थियो। करिब १३ वर्षमा १० लाख वटा कार बनाएको बीवाईडीले त्यसयता कार उत्पादन उल्लेख्य रुपमा बढाएको हो। जसका कारण कम्पनीले २०२३ अगस्टमा ५० लाख वटा उत्पादन पूरा गरेको थियो। 

सन् २०२३ को नोेभेम्बरमा ६० लाख वटा कार गरेको कम्पनीले अर्को सब ब्राण्ड फ्याङ चेङ बाओको पहिलो मोडल बाओ-५ उत्पादन गरेको थियो। 

२०२३ मा बीवाईडीले विश्व बजारमा आफ्नो विस्तार उल्लेख्य रुपमा बढाएको थियो। बीवाईडीले विश्व बजरमा २०२३ मा २ लाख ४० हजार वटा कार बिक्री गरेको जनाएको छ। 

हाल बीवाईडीका विद्युतीय सवारी ६४ देशमा उपलब्ध भइरहेका छन्। त्यस्तैगरि रणनीतिक साझेदारीका साथ थाइल्यान्ड, ब्राजिल, उज्वेकस्थान र हंगेरीमा कार उत्पादन सुरु भइसकेको कम्पनीले जनाएको छ। 

बीवाईडी २०२४ युरोकपको मोबिलिटी पार्टनरसमेत चयन भइसकेको छ। यसले पनि बीवाईडीको अन्तर्राष्ट्रिय मञ्चको उपस्थितिलाई थप मजबुत बनाएको छ। 


प्रकाशित : मंगलबार, चैत १३ २०८०१८:१०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend