आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार?

मंगलबार, चैत १३ २०८०
घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार?

मंगलबार सुनको मूल्य प्रतितोला तीनसय रूपैयाँले घटेको छ भने चाँदी प्रतितोला १० रूपैयाँले सस्तिएको छ।

काठमाडौं- मंगलबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ। सोमबार प्रतितोला दुईसय रूपैयाँले बढेको सुनको मूल्य मंगलबार प्रतितोला तीनसय रूपैयाँले घटेको हो। 

मंगलबारका लागि छापावाल सुनको मूल्य प्रतितोला एक लाख २६ हजार चारसय रूपैयाँ तोकिएको छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख २५ हजार ८ सय रूपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

महासंघका अनुसार सोमबार प्रतितोला १५ रूपैयाँले बढेको चाँदी पनि मंगलबार प्रतितोला १० रूपैयाँले सस्तिएको छ। चाँदी आज प्रतितोला एक हजार पाँचसय पाँच रूपैयाँमा कारोबार भइरहेको छ।


प्रकाशित : मंगलबार, चैत १३ २०८०१०:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend