आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

प्रतितोला दुईसय रूपैयाँले बढ्यो सुनको मूल्य

सोमबार, चैत १२ २०८०
प्रतितोला दुईसय रूपैयाँले बढ्यो सुनको मूल्य

सोमबार सुनको मूल्य प्रतितोला दुईसय रूपैयाँले बढ्दा चाँदी प्रतितोला १५ रूपैयाँले महँगिएको छ।

काठमाडौं- सोमबार सुनचाँदीको मूल्यमा वृद्धि भएको छ। सुनको मूल्य प्रतितोला दुईसय रूपैयाँले बढ्दा चाँदी प्रतितोला १५ रूपैयाँले महँगिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार सोमबारका लागि छापावाल सुनको मूल्य प्रतितोला एक लाख २६ हजार सातसय रूपैयाँ तोकिएको छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख २६ हजार एकसय रूपैयाँ कायम छ।

चाँदी आज प्रतितोला १५ सय १५ रूपैयाँमा कारोबार भइरहेको छ।


प्रकाशित : सोमबार, चैत १२ २०८०१०:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend