शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

फागुपूर्णिमामा यसरी रमाए पर्यटक

आइतबार, चैत ११ २०८०
फागुपूर्णिमामा यसरी रमाए पर्यटक

विदेशी पर्यटकले आज बिहानैदेखि एक अर्कासँग रङ साटासाट, नाचगानसँगै रमाइलो गरी होली मनाइरहेका छन्।

काठमाडौं- काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेललगायत विश्वसम्पदा क्षेत्रमा विदेशी पर्यटकले पनि हर्षोल्लासका साथ फागुपूर्णिमा (होली पर्व) मनाएका छन्। पोखरालगायतका पर्यटकीय सहरमा पनि पर्यटकहरू फागुपूर्णिमाको रौनकमा पर्यटकहरूले खुसी साटासाट गरे। 

वसन्तऋतुको आगमनसँगै नेपाल घुम्न आएका विदेशी पर्यटकले फागुपूर्णिमाका अवसरमा यहाँ मनाइँदै आएको होली पर्वलाई हर्षोल्लासका साथ मनाएका हुन्। पछिल्लो समय नेपालमा मनाइने होली पर्व विदेशीलेसमेत मनाउने गराउने गरेका छन्।

विदेशी पर्यटकले आज बिहानैदेखि एक अर्कासँग रङ साटासाट, नाचगानसँगै रमाइलो गरी होली मनाइरहेका छन्। राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेल, वसन्तपुर, दरबारमार्ग, पाटन, बौद्धलगायत क्षेत्रमा होली मनाइरहेका छन्।

ठमेल पर्यटन विकास परिषद्ले होली विशेष कार्यक्रमको आयोजना गरेको छ। काठमाडौं महानगरपालिका-२६ सञ्चयकोष अगाडि सडकमा साङ्गीतिक मनोरञ्जनात्मक कार्यक्रमसहित होली पर्व मनाइएको परिषद्ले जनाएको छ।

holi tourist (3).jpg
बसन्तपुरमा पर्यटक।

परिषद्का अध्यक्ष भविश्वर शर्माले यस्ता सांस्कृतिक पर्वमा विदेशी पर्यटकलाई सहभागी गराएर मनाउँदा नेपालको पर्यटन प्रवर्द्धन हुनुका साथै हाम्रा धार्मिक तथा सांस्कृतिक विशेषता विश्व समुदायसम्म पुर्‍याउन मद्दत पुग्ने बताए।

नेपाल भ्रमणमा आउने पर्यटकमध्ये ८० प्रतिशत ठमेल क्षेत्रमा आउने गरेका परिषद्का उपाध्यक्ष सहदेव धमलाले जानकारी दिए। परिषद्ले अङ्ग्रेजी नयाँ वर्ष, नेपाली नयाँ वर्ष, सगरमाथा दिवस, विश्व पर्यटन दिवस, होलीलगायत पर्व तथा दिवसमा विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गरी विदेशी पर्यटकलाई मनोरञ्जन दिँदै आएको उनले बताए। 

holi tourist (5).jpg
ठमेलमा पर्यटक।
holi tourist (4).jpg
बसन्तपुर।
holi tourist (1).JPG
ठमेल।
pokhara tourist holi.jpg
पोखरा।
pokhara holi lakedside.JPG
पोखरा लेकसाइड।

सबै तस्बिरहरू : रासस


प्रकाशित : आइतबार, चैत ११ २०८०१६:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend