शनिबार, जेठ ३ गते २०८२    
शनिबार, जेठ ३ २०८२
images
images

नेपालमा लगानी बढाउन लुम्बिनीमा कूटनीतिक समुदायलाई महासंघ अध्यक्ष ढकालको आह्वान

images
शनिबार, चैत १० २०८०
images
नेपालमा लगानी बढाउन लुम्बिनीमा कूटनीतिक समुदायलाई महासंघ अध्यक्ष ढकालको आह्वान

अध्यक्ष चन्द्रप्रसाद ढकालले आउँदो नेपाल लगानी सम्मेलनमा बढीभन्दा बढी लगानीकर्ताहरुलाई सहभागी गराइ लगानी जुटाउन पनि आग्रह गरे।

images
images

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले शान्ति र समृद्धिबीचको सम्बन्धलाई आत्मसात् गर्दै नेपालमा लगानी बढाउन आग्रह गरेका छन्।

images
images
images

अवैतनिक कन्सुलर कर्प्स नेपाल एसोसिएसनले आयोजना गरेको लुम्बिनी कन्क्लेभलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले विश्व शान्तिको केन्द्र तथा भगवान बुद्धको जन्मस्थल लुम्बिनीमा उभिएर शान्ति र समृद्धिबीचको गहिरो सम्बन्धलाई आत्मसात् गर्न लगानीकर्ता तथा कूटनीतिक समुदायलाई आग्रह गरेका हुन्।

images
images

शान्तिले आवश्यक स्थिरता प्रदान गर्दछ, शान्तिको अवस्थामा व्यवसाय तथा उद्यमहरू डरबिना स्वतन्त्रपूर्वक सञ्चालन हुँदा लगानी, उद्यमशीलता र आर्थिक वृद्धिका लागि सबैभन्दा राम्रो वातावरण बन्ने भएकाले लुम्बिनीबाट नेपालमा रहेको शान्त वातावरणको उपयोग गर्न लगानीकर्ताहरुलाई आह्वान गरिएको अध्यक्ष ढकालले उल्लेख गरे।

images
images

अध्यक्ष ढकालले आउँदो नेपाल लगानी सम्मेलनमा बढीभन्दा बढी लगानीकर्ताहरुलाई सहभागी गराइ लगानी जुटाउन पनि कूटनीतिक समुदायलाई आग्रह गरे। आध्यात्मिक तथा साहसिक पर्यटन, जलविद्युत तथा स्वच्छ ऊर्जा, कृषि प्रशोधन र सूचना प्रविधिका क्षेत्रमा बाह्य लगानीका लागि उदार नीति तथा लगानीमैत्री वातावरण बनाउन सरकार र निजी क्षेत्रले मिलेर काम गरिरहेकाले पनि आश्वस्त रहन पनि अध्यक्ष ढकालले आग्रह गरे।

नेपाल विकासोन्मुख देशको रुपमा ग्य्राजुएट हुन गइरहेको सन्दर्भमा  प्रत्यक्ष विदेशी लगानीका लागि थप अवसरहरु सृजना भएकाले यसको उपयोग गर्न पनि सम्मेलन उपयुक्त मन्च रहने पनि अध्यक्ष ढकालले उल्लेख गरे। रासस


प्रकाशित : शनिबार, चैत १० २०८०१४:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend