शनिबार, जेठ ३ गते २०८२    
शनिबार, जेठ ३ २०८२
images
images

सुन्तला खेती गर्ने काभ्रेका किसानलाई उत्पादकत्व वृद्धि तालिम

images
शनिबार, चैत १० २०८०
images
सुन्तला खेती गर्ने काभ्रेका किसानलाई उत्पादकत्व वृद्धि तालिम

सुन्तलाका बोट सुक्ने, मर्ने तथा भएका बोटमा फलको गुणस्तर नहुनेलगायत समस्या भएपछि किसानलाई तालिम दिइएको हो।

images
images

धुलिखेल- काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका वडा नं. ४ का सुन्तला खेती गर्ने किसानलाई तालिम दिइएको छ। गाउँपालिकाको कृषि विकास शाखाले ४० जना किसानलाई उन्नत जातका सुन्तला उत्पादनसम्बन्धी तालिम दिइएको हो।

images
images
images

गाउँपालिकाको सुन्तला प्रवर्द्धन कार्यक्रमअन्तर्गत पहिलेदेखि नै सुन्तला खेती गर्दै आएका किसानलाई उत्पादन विकासमा सघाउने उद्देश्यले तालिम दिइएको कृषि विकास शाखा प्रमुख मधुसुदन दाहालले बताए।

images
images

कृषि विकास कार्यालय काभ्रेपलाञ्चोकका बाली संरक्षण अधिकृत रमा कार्की र बागबानी विकास केन्द्र पाँचखालका अधिकृत उमेश सापकोटाले तालिमको सहजीकरण गरेका थिए।

images
images

सुन्तलाका बोट सुक्ने, मर्ने तथा भएका बोटमा फलको गुणस्तर नहुनेलगायत समस्या भएपछि किसानलाई तालिम दिइएको बेथानचोक गाउँपालिका वडा नं. ४ का अध्यक्ष कृष्णबहादुर लामाले बताए।

गाउँपालिकाका कृषि विकास शाखा प्रमुख मधुसुदन दाहालले बगैँचाको निर्माण भएको स्थानको भौगोलिक विशेषता, स्याहार, मलजल, रोग नियन्त्रणबारे प्रशिक्षण दिइएको जानकारी दिए।

सुन्तला खेतीका लागि बेथानचोकको वडा नं. ४ र आसपासका क्षेत्र उर्वर भएकाले किसानलाई उत्पादकत्व वृद्धिमा सघाउन तालिमको व्यवस्था गरिएको हो। पालिकाले सो क्षेत्रमा किसानलाई प्रोत्साहनस्वरुप पाँच हजार उन्नत जातका विरुवा बाँड्ने योजना बनाएको जनाइएको छ।

यो वर्ष यहाँका किसानले दुई करोड रूपैयाँभन्दा बढीको सुन्तला बेचेका थिए। धर्मशाला, कार्कीगाउँ, खड्का गाउँ, सिम्ले, सञ्जेलगाउँ, लामागाउँ, पाख्रिनगाउँ सुन्तला उत्पादनका निम्ति प्रसिद्ध छन्। रासस


प्रकाशित : शनिबार, चैत १० २०८०११:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend