शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

रैथाने खानाको प्रवर्द्धनका लागि एरपोर्ट होटलले ल्यायो 'फागु फेस्टिभ फेन्टासी २०८०', कस्ता खानामा कति तिर्ने?

शुक्रबार, चैत ९ २०८०
रैथाने खानाको प्रवर्द्धनका लागि एरपोर्ट होटलले ल्यायो 'फागु फेस्टिभ फेन्टासी २०८०', कस्ता खानामा कति तिर्ने?

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकको गेटनजिकै रहेको एरपोर्ट होटलले 'फागु फेस्टिभ फेन्टासी २०८०' अफर प्याकेज सार्वजनिक गरेको छ।

होटलले आज शुक्रबारदेखि फागु फेस्टिभ सुरु भएको र ४ दिनसम्म उक्त अफर चल्ने जनाएको छ। रैथाने खानाको प्रवर्द्धनमा सहयोग पुग्ने होटलका सञ्चालक तथा होटल संघ नेपालका अध्यक्ष विनायक शाहले बताए।

अफर सार्वजनिक गर्दै शाहले मास्टर सेफ गोविन्द नर्सिङ केसी बिरियानीसमेत लन्च गरेका छन्। बिरियानीको लन्च भने केसीले गरेका हुन्।

यो अफर प्याकेजको मूल्य १९ सय ९९ रुपैयाँ रहेको छ। अफर मेनुको स्न्याक्समा माछा तारेको, चरा साँधेको, पनिर, कुरकुरे र आलु पुदिना रहेको छ भने सलादमा होटलले स्लिम र ट्रिम, बन्दा गोबी साँधेको, बगैँचा सलाद, रिजी रिजी राखिएको छ।

airport a.jpg

यसैगरी पेय पदार्थमा झानेको मोही र घोट्टा राखिएको छ। साथै अफर प्याकेज अन्तर्गत सुपमा खसीको सुरुवाको झोल, कोदोको रोटी, फापरको लठ्टी र मुख्यखानामा मटन बिरियानी, नरम चराको रस, माछा तारेको, साग झानेको, ताजा तामाको तरकारी, गोबी मटर मसला, जिम्मु झानेको, कालो दाल, सादा भुजा र फुल्का रोटी रहेको छ। यसैगरी  मुखमीठाअन्तर्गत भाङको लड्डु, सेतो पेडा, मुग दालको हलुवा राखेको छ।

binaya.png


प्रकाशित : शुक्रबार, चैत ९ २०८०१५:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend