आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

डिजेल इन्जिनभन्दा दोबर वारेन्टी भएको किङलङको १९ सिटर विद्युतीय भ्यानको बुकिङ खुल्यो

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, चैत ९ २०८०
डिजेल इन्जिनभन्दा दोबर वारेन्टी भएको किङलङको १९ सिटर विद्युतीय भ्यानको बुकिङ खुल्यो

किङलङ १९ सिटर भ्यमनमा २ सय २० एमएमको ग्राउन्डक्लियरेन्स छ भने रिजेनेरेसनका लागि १० भन्दा बढी मोड रहेको दाबी कम्पनीको छ।

काठमाडौं- किङलङको १९ सिट क्षमताको विद्युतीय भ्यानको बुकिङ खुला गरेको छ। किङलङको नेपालका लागि आधिकारिक बिक्रेता सीजी मोटर्सले १९ सिट क्षमताको भ्यान ल्याएको हो। 

किङलङको १९ सिटर विद्युतीय भ्यानमा डिजेल इन्जिनमा भन्दा दोबर वारेन्टी उपलब्ध रहेको कम्पनीले दाबी गरेको छ। सीजी मोटर्सले किङलङको १९ सिटर भ्यानमा ४ लाख किलोमिटर वा ब्याट्रीमा ७ वर्ष वारेन्टी दिने बताएको छ। 

यो भ्यानमा एलएफपी टेक्नोलोजीको सीएटीएलले उत्पादन गरेको ब्याट्री प्रयोग गरिएको छ। किङलङ १९ सिटर भ्यमनमा २ सय २० एमएमको ग्राउन्डक्लियरेन्स छ भने रिजेनेरेसनका लागि १० भन्दा बढी मोड रहेको दाबी कम्पनीको छ। 

यो भ्यानले एक पटकको फुल चार्जमा ३ सय किलोमिटर रेन्ज दिनेछ। विद्युतीय सवारीको बढ्दो प्रयोग र उपभोक्ताको सुविधालाई ध्यानमा राखेर कम्पनीले प्रमुख राजमार्गहरुमा चार्जिङ नेटवर्क विस्तारको काम गरिरहेको छ। हालसम्म कम्पनीले १ सयभन्दा बढी स्थानमा चार्जर जडान गरिसकेको जनाएको छ। 

किङलङ १९ सिटर भ्यानको नेपाली बजार मूल्य ७८ लाख रुपैयाँ तोकिएको छ। सीजी मोटर्सले काठमाडौंको पानीपोखरीमा किङलङको शोरुम बनाइरहेको र त्यहीबाट गाडीको डेमो लिन सकिने कम्पनीको भनाइ छ।  


प्रकाशित : शुक्रबार, चैत ९ २०८०१५:०१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend