बिहीबार , वैशाख २५ गते २०८२    
बिहीबार , वैशाख २५ २०८२
images
images

अर्थमन्त्री भन्छन्- सेयर बजार हल्लाको भरमा चल्ने रहेछ, कोही बोलेकै भरमा घटबढ राम्रो होइन

images
सोमबार, मंसिर २७ २०७८
images
अर्थमन्त्री भन्छन्- सेयर बजार हल्लाको भरमा चल्ने रहेछ, कोही बोलेकै भरमा घटबढ राम्रो होइन
images
images

काठमाडौं- अर्थमन्त्री जनार्दन शर्माले सेयर बजार हल्लाको भरमा चलेको बताउँदै एउटा नेताले बोलेकै भरमा सेयर बजार बढ्नु वा घट्नु राम्रो नभएको प्रतिक्रिया दिएका छन्।

images
images
images

सोमबार बीमा समितिको नयाँ भवन शिलान्यास कार्यक्रममा अर्थमन्त्री शर्माले सेयर बजार नीति निर्देशनबाट भन्दा हल्लाबाटै चलिरहेको बताएका हुन्। ‘हाम्रो सेयर बजार नीति निर्देशनबाट होइन, हल्लाको भरमा चलेको देखिएको छ। सेयर बजारलाई यस्ता गतिविधिले प्रभावित गर्न नसक्ने बनाउनुपर्छ’ उनले भने।

images
images

पछिल्लो समय सेयर बजारमा आएको गिरावटको दोष आफूमाथि लगाएको भन्दै उनले विभिन्न प्रलोभनमा पारेर सीमित व्यक्तिले लाभ उठाएको र सेयर बजार घट्नुको आरोप आफूलाई लगाइएको बताए। उनले भने,'अर्थमन्त्रीले सेयर बजार घटायो भन्छन्, यथार्थ त्यसो होइन। लगानीकर्ताको लगानी सुरक्षा गर्न सरकार प्रतिवद्ध छ। म प्रतिवद्ध छु।'

images
images

सीमित व्यक्तिको चलखेलमा बजार घटाउने अनि मन्त्रीलाई गाली गर्ने विषय आफैमा नमिल्ने उनको भनाइ छ। अर्थमन्त्रीले भने, 'धान खाने मुसो, चोट पाउने भ्यागुतो जस्तो भो। घटाउने मान्छे कहाँ-कहाँ हुन्छन्। कसले घटाउछन्, कसले बढाउछन् त्यही संस्थालाई थाहा होला', मन्त्री शर्माले भने,'लगानीकर्ताको लगानीको रक्षा तथा संरक्षण गर्ने कुरामा अर्थमन्त्रालय गम्भीर छ। त्यसतर्फ ध्यान पनि दिइएको छ।'

संस्थागत सुधारका लागि मन्त्रालयले काम गर्दै आएको उल्लेख गर्दै उनले त्यसका लागि आफूले बारम्बार प्रतिबद्धता जनाएको र त्यसको नतिजा पनि केही समयमै देखिने बताए। अर्थमन्त्रीले लाभग्राहीलाई अनावश्यक दुःख नहोस् भनेर सम्बन्धित संस्थालाई थप जिम्मेवार बनाउन आफू लागिपरेको र लगानीकर्ताको हित बाहेक सरकारको अरु कुनै चाहनासमेत नभएको उल्लेख गरे। 

बजारमा भित्री कारोबार गर्नेलाई कारबाहीको दायरमा ल्याउन र बजारको विकेन्द्रिकरण गर्ने प्रयास जारी रहेको भन्दै उनले अर्थमन्त्रीलाई दोष दिएर मात्रै समस्याको समाधान नहुने स्पष्ट पारे। 'अर्थमन्त्रीले बजार बढाउने र घटाउने काम गर्दैन। तपाईंलाई भ्रममा पारेर ठग्न सक्छन्, नठगिएरै आफ्नो व्यवसाय गर्नु होला', अर्थमन्त्रीले भने, 'मन्त्रालयले गर्ने भनेको संस्थालाई पारदर्शी बनाउने तथा नीतिनियम र कानून बनाउने हो।'

तालमेलको सरकारमा माआवादी कोटाबाट अर्थमन्त्री बनेका शर्माले पुँजी बजारको विकासमा काम गर्न नसक्दा बजार घटेको आरोप सेयर लगानीकर्ताहरूको छ। अर्थमन्त्री शर्माकै कारण धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्स महिनौदेखि नेतृत्वविहीन छ। जसका कारण पनि अर्थमन्त्रीविरुद्ध सेयर लगानीकर्ता खनिने गरेका छन्। 

यस्तोमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले औद्योगिक क्षेत्रमा लगाउनुपर्ने पुँजीको लगानी पुँजी बजारमा हुनु साम्राज्यवादको विकसित रुप भएको टिप्पणीसमेत गरेका छन्। माओवादीविरुद्ध  सेयर लगानीकर्ताहरू आक्रोशित बन्दै गर्दा प्रचण्डको टिप्पणीले अझै असर परिरहेको छ। 


प्रकाशित : सोमबार, मंसिर २७ २०७८०८:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend