आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

सुनको मूल्य हालसम्मकै उच्च, तोलाकै एक लाख २७ हजार नाघ्यो

बिहीबार , चैत ८ २०८०
सुनको मूल्य हालसम्मकै उच्च, तोलाकै एक लाख २७ हजार नाघ्यो

बिहीबार सुनको मूल्य प्रतितोला दुई हजार ६ सय रूपैयाँले बढेको छ भने चाँदीको मूल्य प्रतितोला ३५ रूपैयाँले वृद्धि भएको छ।

काठमाडौं- नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। बुधबार स्थिर रहेको सुनको मूल्य बिहीबार प्रतितोला दुई हजार ६ सय रूपैयाँले बढेर कीर्तिमानी बिन्दुमा पुगेको हो। 

बिहीबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख २७ हजार ८ सय रूपैयाँ पुगेको छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख २७ हजार दुईसय रूपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

सुनको मूल्य यसअघि फागुन २७ मा हालसम्मै उच्च कायम भएको थियो। 

चाँदीको मूल्य पनि आज बढेको छ। बुधबार प्रततितोला पाँच रूपैयाँले घटेको चाँदी आज तोलामा ३५ रूपैयाँले बढेर प्रतितोला एक हजार पाँचसय ५५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। 


प्रकाशित : बिहीबार , चैत ८ २०८०११:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend