सोमबार, वैशाख २९ गते २०८२    
सोमबार, वैशाख २९ २०८२
images
images

१४ दिने निक्षेप संकलन उपकरणमार्फत ५० अर्ब तरलता खिच्दै राष्ट्र बैंक

images
बिहीबार , चैत ८ २०८०
images
१४ दिने निक्षेप संकलन उपकरणमार्फत ५० अर्ब तरलता खिच्दै राष्ट्र बैंक
images
images

काठमाडौं- बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि राष्ट्र बैंकले १४ दिने निक्षेप संकलन उपकरण (रिपो) बाट ५० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको छ। बिहीबार जारी हुने उक्त रिपो चैत २२ गते परिपक्व हुने राष्ट्र बैंकले जनाएको छ।

images
images
images

प्राप्त आवेदनका आधारमा ब्याजदर निर्धारण हुने राष्ट्र बैंकले जनाएको छ। बैंकहरूले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग जाने जारी ५० अर्बसम्म आवेदन दिन सक्ने छन्। 

images
images

कर्जा निक्षेप अनुपातका आधारमा बैंकिङ प्रणालीमा करिब ६ खर्ब ३६ अर्ब रुपैयाँ लगानीयोग्य रकम रहेको छ। स्थायी निक्षेप सुविधासँगै राष्ट्र बैंकले १४ दिने उपकरणमार्फत पनि तरलता प्रशोचन गरिरहेको छ। १४ दिनअगाडि जारी गरिएको ५० अर्ब रुपैयाँ उपकरण परिपक्व भएपछि राष्ट्र बैंकले त्यति नै रकम बराबर अर्को उपकरण जारी गरेको हो। 

images
images

प्रणालीमा अधिक तरलता भएसँगै राष्ट्र बैंकले स्थायी निक्षेप सुविधा र रिपोमार्फत गत मंसिर ७ यता तरलता प्रशोचन गरिरहेको छ। निक्षेप संकलनको तुलनामा कर्जा प्रवाह सुस्त भएपछि बैंकिङ प्रणालीमा थुप्रिएको अधिक तरलता प्रशोचन गर्न ७ दिने र १४ दिने वित्तीय उपरकण अपर्याप्त भएसँगै राष्ट्र बैंकले चालु आर्थिक वर्षको दोस्रो मौद्रिक समीक्षामार्फत स्थायी निक्षेप सुविधा कार्यान्वयनमा ल्याएको छ। 

राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत निक्षेप संकलन दर १.५ प्रतिशत बिन्दुले घटाएर तरलता प्रशोचन गरिरहेको छ। चालु आर्थिक वर्षको सुरुवातमा आन्तरिक ऋणमार्फत तरलता उठाउँदै अन्तर बैंक ब्याजदरलाई छोड्ने रणनीति राष्ट्र बैंकले लिएको थियो। 

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मा राष्ट्र बैंकले विकास ऋणपत्रमार्फत १ खर्ब ३७ अर्ब आन्तरिक ऋण उठाइसकेको छ। आन्तरिक ऋणले पनि तरलता बढ्न नरोकिएपछि ब्याजदर कोरिडोरको तल्लो सीमा निक्षेप संकलन दर घटाएर अन्तर बैंक ब्याजदरलाई राष्ट्र बैंकले बाञ्चित सीमाभित्र राख्न सफल भएको छ।

हाल बैंकहरूको अन्तरबैंक ब्याजदर २.७१ प्रतिशत रहेको छ। अन्तरबैंक ब्याजदर राष्ट्र बैंकले ३ प्रतिशतभन्दा तल आउन नदिन स्थायी निक्षेप संकलन सुविधा र निक्षेप संकलन उपकरणमार्फत तरलता खिचेको हो।


प्रकाशित : बिहीबार , चैत ८ २०८०११:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend