सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

किसानलाई उन्नत जातको मकैको बीउ अनुदानमा

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , चैत ८ २०८०
किसानलाई उन्नत जातको मकैको बीउ अनुदानमा

इच्छाकामना गाउँपालिका कृषि शाखाका अनुसार इच्छाकामनाको सात वटै वडामा एक हजार पाँच सय भन्दा बढी हेक्टर क्षेत्रफलमा मकै खेती हुने गरेको छ।

चितवन- चितवनको इच्छाकामना गाउँपालिकाले किसानलाई उन्नत जातको मकैको बीउ अनुदानमा उपलब्ध गराएको छ। गाउँपालिकाले उन्नत जातको ‘रामपुर कम्पोजिट’ र ‘मनकामना ३’  जातको मकैको बीउ अनुदानमा उपलब्ध गराएको हो।  

गाउँपालिका कृषि शाखा प्रमुख आशिष त्रिपाठीका अनुसार ६० प्रतिशत अनुदानमा मकैको बीउ उपलब्ध गराइएको हो। इच्छाकामना गाउँपालिकाका किसान मकै छर्ने तयारीका लागि खेतबारीमा व्यस्त छन्।

खनजोत उनीहरूको प्रमुख दिनचर्या बनेको छ। गाउँपालिकाले हाल सम्म ५७ क्विन्टल मकैको बीउ वितरण गरिसकको उनले बताए।

गाउँपालिकाले सातै वडामा ६० क्वीन्टल  मकैको बीउ किसानलाई अनुदानमा उपलब्ध गराउने योजना रहेको उनले जानकारी दिए। 

इच्छाकामना गाउँपालिकाका किसानहरुको मुख्य खाद्य बाली मकै हो। गाउँपालिका कृषि शाखाका अनुसार इच्छाकामनाको सात वटै वडामा एक हजार पाँच सय भन्दा बढी हेक्टर क्षेत्रफलमा मकै खेती हुने गरेको छ। रासस


प्रकाशित : बिहीबार , चैत ८ २०८००९:५३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend