मंगलबार, फागुन ६ गते २०८१    
मंगलबार, फागुन ६ २०८१
images
images

राष्ट्र बैंकले ७ अर्ब ६९ करोड रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गर्दै

images
बुधबार, चैत ७ २०८०
images
images
राष्ट्र बैंकले ७ अर्ब ६९ करोड रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गर्दै
images
images

काठमाडौं- नेपाल राष्ट्र बैंकले ७ अर्ब ६९ करोड रुपैयाँ बराबरको विकास ऋणत्र जारी गर्ने भएको छ। ६ वर्ष अवधि तोकिएको उक्त ऋणपत्र चैत ९ गते निष्कासन हुने राष्ट्र बैंकले जनाएको छ। 

images
images
images

विकास ऋणपत्र २०८६ 'ड' नाम दिइएको विकास ऋणपत्रमा बैंक वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले खरिदका लागि आवेदन दिन सक्नेछन्। 

images
images

राष्ट्र बैंकले उक्त विकास ऋणपत्रमार्फत सरकारलाई आन्तरिक ऋण उठाउन लागेको हो। चालु आर्थिक वर्षको बजेटमार्फत २ खर्ब ४० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य राखिएको छ। खर्चको तुलनामा राजस्व कम भएपछि सरकारले चालु आर्थिक वर्षको सुरुवातबाटै आन्तरिक ऋण उठाइएको थियो। 

images
images
images

हालसम्म सरकारले १ खर्ब ३८ अर्ब ३१ करोड रुपैयाँ विकास ऋणपत्रमार्फत आन्तरिक ऋण उठाएको छ। बैंकिङ प्रणालीमा अधिक तरलता र ब्याजदर सस्तो भएको भन्दै पहिलो त्रैमासमा कार्यतालिका नै संशोधन गरेर करिब ९७ अर्ब ३१ करोड रुपैयाँ आन्तरिक ऋण उठाएको थियो।

यस्तै दोस्रो र तेस्रो त्रैमासमा भने सरकारले कम आन्तरिक ऋण उठाएको छ। अर्थतन्त्रमा छाएको शिथिलताले गर्दा कर्जाको माग नहुँदा पछिल्लो समय बैंकिङ प्रणालीमा करिब ६ खर्ब ३६ अर्ब अधिक तरलता रहेको छ भने ब्याजदर घट्ने क्रममा छ।

यसैक्रममा राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो समीक्षामार्फत नीतिगत दर घटाएकाले विकास ऋणपत्र र ट्रेजरी विल्सको ब्याजदर पनि न्यून बिन्दुतर्फ आएको छ।

गत फागुन २९ बिक्री भएको ऋणपत्रको ब्याजदर ५.७४ प्रतिशत कायम भएको छ। चालु आर्थिक वर्ष विकास ऋणपत्रको औषत ब्याजदर ६.२७ प्रतिशत कायम भएको छ। जुन कोभिड १९ पछिकै सबैभन्दा न्यून ब्याजदर हो।


प्रकाशित : बुधबार, चैत ७ २०८०१२:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend