आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

बुधबार, चैत ७ २०८०
सुनको मूल्य स्थिर, चाँदीको घट्यो

बुधबार नेपाली बजारमा सुनको मूल्य स्थिर छ भने चाँदीको मूल्य प्रतितोला पाँच रूपैयाँले घटेको छ।

काठमाडौं- बुधबार नेपाली बजारमा सुनको मूल्य स्थिर छ भने चाँदीको सामान्य घटेको छ।

मंगलबार तोलामा सातसय रूपैयाँले घटेर प्रतितोला एक लाख २५ हजार दुईसय रूपैयाँमा कारोबार भएको सुनको मूल्यमा बुधबार घटबढ नभएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बुधबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ।

मंगलबार प्रतितोला पाँच रूपैयाँले बढेको चाँदीको मूल्य भने बुधबार प्रतितोला पाँच रूपैयाँले घटेको छ। महासंघका अनुसार बुधबार चाँदी प्रतितोला एक हजार पाँचसय २० रूपैयाँमा कारोबार भइरहेको छ।

यो साता आइतबार १५ रूपैयाँले बढेको चाँदीको मूल्य सोमबार प्रतितोला १० रूपैयाँले घटेको थियो।


प्रकाशित : बुधबार, चैत ७ २०८०१०:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend