आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

सेल्स र सर्भिस सञ्जाल विस्तारमा आक्रामक बन्दै सेरेस

मंगलबार, चैत ६ २०८०
सेल्स र सर्भिस सञ्जाल विस्तारमा आक्रामक बन्दै सेरेस

सेरेस ईभीप्रति ग्राहकको पहुँच सहज बनाउन एमएडब्लू वृद्धिले निकट भविष्यमा नारायणघाट, धनगढी, विरगञ्ज र जनकपुरमा पनि सोरुम सुरु गर्ने योजना बनाएको छ।

काठमाडौंं- सेरेस ब्रान्डले नेपाली बजारमा आफ्नो सेल्स तथा सर्भिस सञ्जाल विस्तारलाई तीव्रता दिएको छ।

सेरेसको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि अटोकर्पले नाडा अटो सो २०२३ बाट सेरेसका विद्युतीय कार बिक्री सुरु गरेको थियो। नेपाल प्रवेश गरेसँगै सेरेसले छोटो समयमा धेरै नेपालीको मन जित्न सफल भएको कम्पनीको दाबी छ।

अब भने एमएडब्लू वृद्धि अटोकर्पले सेरेसका ईभीहरुको उपलब्धता सहज बनाउन महत्वपूर्ण पाइला चाल्ने भएको छ।

सेरेसले यसअघि नै नक्साल, पानीपोखरी, थाक्सीखेल ललितपुर र भक्तपुर जस्ता काठमाडौं उपत्यकाका महत्वपूर्ण स्थान तथा काठमाडौंबाहिर पोखरा, वुटवल, विराटनगर, विर्तामोड र नेपालगञ्जमा आफ्नो सञ्जाल विस्तार गरिसकेको छ।  

सेरेस ईभीप्रति ग्राहकको पहुँच सहज बनाउन एमएडब्लू वृद्धिले निकट भविष्यमा नारायणघाट, धनगढी, विरगञ्ज र जनकपुरमा पनि सोरुम सुरु गर्ने योजना बनाएको छ। यसले नेपालभर परिचित र उपलब्ध ईभी ब्रान्ड बन्ने सेरेसको महत्वकांक्षालाई उजागर गर्छ।

सेरेसलाई ब्रान्ड फाइनान्स अटोमोटिभ उद्योगले २०२३ मा विश्वको सबैभन्दा छिटो बढ्दै गरेको अटोमोबाइल ब्रान्डको रूपमा मान्यता दिएको छ।

सेरेस युरोप प्रवेश गर्ने पहिलो चिनियाँ अटोमेकर हो र यो २१ युरोपेली राष्ट्रहरूसहित विश्वका करिब ७० देशहरूमा अवस्थित छ जसमा नेपाल ७१औँ देश बनेको छ।

सेरेस हुवावेको निर्माण साझेदार हो र यसले सन् २०२६ सम्ममा १० लाख ईभी उत्पादन गर्ने लक्ष्य राखेको छ।

संयुक्त राज्य अमेरिकाको सिलिकन भ्यालीको मुटुमा स्थापित सेरेसले चीन, जापान र अमेरिकामा अवस्थित तीनवटा आर एन्ड डी केन्द्रहरूसँग अनुसन्धान र विकासको लागि आफ्नो प्रतिबद्धतालाई दर्शाउँछ।

नेपालमा सेरेसले सेरेस थ्री र सेरेस मिनी ईभी गरी दुईवटा मोडलहरू उपलब्ध गराएको छ। 


प्रकाशित : मंगलबार, चैत ६ २०८०१५:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend