बिहीबार , वैशाख २५ गते २०८२    
बिहीबार , वैशाख २५ २०८२
images
images

प्रचण्डले दोहोर्‍याएर भने- सेयर बजार साम्राज्यवादकै विकसित रुप हो

साना लगानीकर्ताको संरक्षणमा प्रतिबद्ध रहेको प्रष्टोक्ती

images
सोमबार, मंसिर २७ २०७८
images
प्रचण्डले दोहोर्‍याएर भने- सेयर बजार साम्राज्यवादकै विकसित रुप हो

प्रचण्डले आफ्नो भनाइ सैद्धान्तिक रुपमा सही भएको र त्यसमा अडिग रहेको बताएका छन्। 

images
images

काठमाडौं- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले आफनो पार्टी सेयर बजारका साना लगानीकर्ताको हित संरक्षण गर्न प्रतिबद्ध रहेको बताएका छन्। 

images
images
images

शनिबार पार्टीको प्रदेश सम्मेलनको उद्घाटनका क्रममा उनले पूँजीको लगानी पुँजीमा नै हुँदा उद्योगधन्दाको विकास नभएको र वित्तीय पुँजीवादको विस्तारले समग्रमा जनताको हित नगर्ने बताएका थिए। 

images
images

सेयर बजारलाई साम्राज्यवादको विस्तारित रुप भएको भन्दै उनले चर्को आलोचना गरेका थिए। साम्राज्यवादको विस्तारित रुप भएको र यसले संसारका ८० प्रतिशत नागरिकलाई भोका नांगा बनाउने उनको भनाइ थियो। 

images
images

प्रचण्डले आफ्नो भनाइ सैद्धान्तिक रुपमा सही भएको र त्यसमा अडिग रहेको बताएका छन्। 

सेयर बजार विरोधी वक्तव्य आएको भन्दै प्रश्न उठेपछि अध्यक्ष प्रचण्डले आफूले सैद्धान्तिक रुपमा राखेको विषयमा उत्तिकै प्रतिबद्ध रहेको र त्यो एकदमै सही भएको दोहोर्‍याएका छन्। 

'अध्यक्ष प्रचण्डले हिजो मन्तव्यका क्रममा राखेको सैद्धान्तिक विषय एकदम सही छ',प्रचण्डका स्वकीय सचिव रमेश मल्लले भने।

स्वकीय सचिव मल्लले साना लगानीकर्ताको हित र उनीहरुको लगानीको सुरक्षाका लागि पार्टीले सचेत पहल र प्रयत्न गर्ने स्पष्ट पारे।   

उनले  कोही पनि भ्रमित हुन र यस विषयलाई अनावश्यक राजनीतिक मुद्दा बनाउनुको कुनै तुक नभएको उल्लेख गरे। रासस

 


प्रकाशित : सोमबार, मंसिर २७ २०७८०६:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend