शनिबार, साउन १२ गते २०८१    
images
images
images

ग्लोबल मनी वीकका अवसरमा कामना सेवाको वित्तीय साक्षरता कार्यक्रम

images
मंगलबार, चैत ६ २०८०
images
images
ग्लोबल मनी वीकका अवसरमा कामना सेवाको वित्तीय साक्षरता कार्यक्रम

कार्यक्रममा झापामा विभिन्न किसिमका नगदेबाली उत्पादनसँग सम्बन्धित एकसय जनाभन्दा बढीको सहभागीता रहेको बैंकले जनाएको छ।

images

काठमाडौं- विश्व वित्तीय सप्ताह (ग्लोबल मनी वीक) को अवसरमा कामना सेवा विकास बैंकले वित्तीय साक्षरता कार्यक्रम गरेको छ। बैंकले सोमबार झापामा वित्तीय साक्षरता कार्यक्रम गरेको हो। 

images
images

विश्व वित्तीय सप्ताह किशोर तथा युवाहरूमा वित्तीय शिक्षाको महत्व बारेमा जागरण ल्याउने अर्गनाइजेसन अफ इकोनोमिक कोअपरेसन एण्ड डेभलपमेन्ट (ओईसीडी) को संयोजनमा हरेक वर्ष मनाउने गरिन्छ।

images

नेपाल राष्ट्र बैंकद्वारा आयोजित ग्लोबल मनी वीक २०२४ अन्तर्गत कामना सेवाले हल्दीबारी गाउँपालिका, झापाका लघु, उद्यमी तथा नगदेबाली उत्पादक कृषकहरुलाई लक्षित गरी वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।

बैंकका कोशी प्रदेशको प्रमुख मोहन दत्त खनालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा हल्दीबारी गाउँपालिकाका अध्यक्ष रविन्द्र प्रसाद लिङ्देनको प्रमुख आतित्यथा रहेको थियो।

images

गाउँपालिकाका उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, विभिन्न वडाका वडाध्यक्षहरुको समेत उपस्थिती रहेको उक्त कार्यक्रममा बैंकको बुधबारे शाखा प्रमुख श्री मोदनाथ गुरागाँईले प्रस्तुतिकरण गरेका थिए।

स-साना रुपमा छरिएर रहेका रकमलाई एकत्रित गरी पुँजी निर्माण गर्न सकिने, बचतको विकासले गर्दा दैनिक जिवनयापन सहज बनाउन सकिने तथा विभिन्न डिजिटल कारोबारहरु तथा यसका अवसर र चुनौतीका विषयमा प्रस्तुतिकरण गरिएको थियो। उक्त कार्यक्रममा झापामा विभिन्न किसिमका नगदेबाली उत्पादनसँग सम्बन्धित एकसय जनाभन्दा बढीको सहभागीता रहेको बैंकले जनाएको छ। 

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष लिङ्देनले बैंकहरुले गर्ने वित्तीय साक्षरता कार्यक्रमले कृषकहरुले बचत, ऋण तथा बैंकिङ कारोबारको बारेमा थप जानकारी प्राप्त गर्न सक्ने हुँदा यस्ता कार्यक्रमहरुको निरन्तरता दिनुपर्ने बताए।

हाल बैंकले आफ्ना १ सय ३५ शाखा सञ्जालहरु तथा ७७ एटीएमलगायत विभिन्न शाखारहित सेवा केन्द्रमार्फत आफ्नो अत्याधुनिक सेवा सुविधाहरु ग्राहकलाई प्रदान गरिरहेको छ।


प्रकाशित : मंगलबार, चैत ६ २०८०११:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend