आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

तोलामा सातसय रूपैयाँले बढ्यो सुनको मूल्य

मंगलबार, चैत ६ २०८०
तोलामा सातसय रूपैयाँले बढ्यो सुनको मूल्य

मंगलबार सुनको मूल्य प्रतितोला सातसय रूपैयाँले बढेको छ भने चाँदी प्रतितोला पाँच रूपैयाँले महँगिएको छ।

काठमाडौं- मंगलबार सुनचाँदीको मूल्यमा वृद्धि भएको छ। यो साता आइतबार चारसय र सोमबार पाँचसय रूपैयाँले घटेको सुनको मूल्य मंगलबार प्रतितोला सातसय रूपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

मंगलबार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला एक लाख २५ हजार दुईसय रूपैयाँ पुगेको छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख २४ हजार ६ सय रूपैयाँ तोकिएको छ। 

चाँदीको मूल्य आज प्रतितोला पाँच रूपैयाँले बढेको महासंघले जनाएको छ। महासंघका अनुसार चाँदी आज प्रतितोला एक हजार पाँचसय २५ रूपैयाँमा कारोबार भइरहेको छ।

यो साता आइतबार १५ रूपैयाँले बढेको चाँदीको मूल्य सोमबार प्रतितोला १० रूपैयाँले घटेको थियो।


प्रकाशित : मंगलबार, चैत ६ २०८०११:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend