आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

टेलिकमको एफटीटीएच कम्बो र एफटीटीएच प्याकेज प्रयोगकर्तालाई डाटा सुविधा

सोमबार, चैत ५ २०८०
टेलिकमको एफटीटीएच कम्बो र एफटीटीएच प्याकेज प्रयोगकर्तालाई डाटा सुविधा

आफूलाई आवश्यकताअनुसार उपयुक्त स्पिडको इन्टरनेट चलाउन, टेलिफोन गर्न, टेलिभिजन हेर्न र मोबाइलमा डाटासमेत चलाउन सकिने भएकाले एनटी फाइबर सेवा हाल लोकप्रिय बन्दै गएको टेलिकमले जनाएको छ।

काठमाडौं- नेपाल टेलिकमको एनटी फाइबर प्रयोग गर्दा मोबाइलमा दैनिकरुपमा मोबाइल डाटा प्रयोग गर्न सकिने भएको छ।टेलिकमले उपलब्ध गराइरहेको एफटीटीएच (फाइबर टु द होम) प्रविधिमा आधारित एनटी फाइबरका विभिन्न प्याकेज लिँदा त्यसै अनुसारको मोबाइल डाटा उपलब्ध हुने टेलिकमले जनाएको छ।

टेलिकमका अनुसार विभिन्न प्याकेजमध्ये वार्षिक एफटीटीएच कम्बो प्याकेज र एफटीटीएच डाटा प्याकेज प्रयोग गर्ने प्रयोगकर्ताहरुले यो सुविधा उपयोग गर्न सक्छन्।

वार्षिक एफटीटीएच कम्बो प्याकेजअन्तर्गत ५० एमबीपीएस र १०० एमबीपीएस डाटाका साथै १ एनटीटीभी र १ टेलिफोन प्रयोग गर्ने सेवाग्राहीले दैनिकरुपमा आफ्नो मोबाइलमा क्रमशः ६ सय एमबी र ८ सय एमबी डाटा प्रयोग गर्न सक्नेछन्।

एफटीटीएच डाटा प्याकेज प्रयोग गर्ने सेवाग्राहीलाई पनि त्यसैअनुसार मोबाइलमा समेत डाटा प्रयोग गर्न सकिने सुविधा टेलिकमले उपलब्ध गराएको छ। यसअनुसार ५० एमबीपीएस, ७५ एमबीपीएस र १०० एमबीपीएस डाटा प्रयोगकर्ताले दैनिक रुपमा क्रमशः ६ सय एमबी, ७ सय एमबी र ८ सय एमबी डाटा प्रयोग गर्न सक्नेछन् भने १ सय ५० एमबीपीएस र २ सय एमबीपीएस डाटा प्रयोगकर्ताले दैनिक रुपमा क्रमशः ९ सय एमबी र एक हजार एमबी डाटा प्रयोग गर्न सक्नेछन्। 

आफूलाई आवश्यकताअनुसार उपयुक्त स्पिडको इन्टरनेट चलाउन, टेलिफोन गर्न, टेलिभिजन हेर्न र मोबाइलमा डाटासमेत चलाउन सकिने भएकाले नेपाल टेलिकमले उपलब्ध गराइरहेको एनटी फाइबर सेवा हाल लोकप्रिय बन्दै गएको छ। 

एनटी फाइबर सेवा प्राप्त गर्न चाहने सेवाग्राहीहरुले १९८ मा डायल गरी प्राप्त सन्देशपश्चात् फेरि १ डायल गरी आफूलाई आवश्यक पर्ने सेवा र स्थानका बारेमा पहिले नै माग दर्ता गर्न सकिने छ। त्यसपछि कम्पनीका प्रतिनिधिले आवश्यक जानकारी दिने व्यवस्था गरिएको छ। 


प्रकाशित : सोमबार, चैत ५ २०८०१७:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend