सोमबार, वैशाख १७ गते २०८१    
images
images

दूधको उचित मूल्य नपाउँदा किसान मारमा, भन्छन् - 'खर्च धेरै, आम्दानी न्यून छ'

images
images
images
दूधको उचित मूल्य नपाउँदा किसान मारमा, भन्छन् - 'खर्च धेरै, आम्दानी न्यून छ'

'दूधको मूल्य बढाए बिक्री नहुने समस्या छ', किसान भन्छन्, 'निश्चित ग्राहक छन्, मूल्य बढाउने बित्तिकै ग्राहकको सङ्ख्या घट्छ।'

images
images

घोराही- दाङको राजपुर गाउँपालिका-३ बसन्तपुरका महेश यादवले दैनिक लमही बजारमा दूध बिक्री गर्छन्। उनले २९ भैँसी पालेका छन्। बिहानै यादव दूध बिक्री गर्न लमही बजारका गल्ली तथा डेरीसम्म पुग्छन्।

images
images
images

यादवले दैनिक ८० लिटर दूध बिक्री गर्ने गरेको बताए। उनले प्रतिलिटर दूध ७० देखि ७५ रूपैयाँसम्ममा बिक्री गर्छन्। यादवले मोटरसाइकलमा दूध बिक्री गर्न जाँदा बढी खर्च हुने गरेको बताए। 'खर्च धेरै छ, आम्दानी न्यून हुन्छ', यादवले भने।

images

बिहान उठेदेखि बेलुकासम्म उनलाई भैँसीको स्याहारसुसार गर्न भ्याइनभ्याई हुने गरेको छ। भैँसीको स्याहारसुसार गर्नु तथा दूध बिक्री गर्न लमहीसम्म पुग्नु यादवको दैनिकी नै हो। मेहनत अनुसारको दूधको मूल्य नपाएको उनको भनाइ छ।

images

'दूधको मूल्य बढाए बिक्री नहुने समस्या छ', उनले भने, 'निश्चित ग्राहक छन्, मूल्य बढाउने बित्तिकै ग्राहकको सङ्ख्या घट्छ।' दूध खेर फाल्नुभन्दा सस्तोमा बिक्री गर्नु उचित भएको यादव बताउँछन्।

images
images

यसैगरी राजपुर-३ बसन्तपुरकै लवकुस यादवले पनि दूध प्रतिलिटर ४५ देखि ६० रूपैयाँसम्ममा बिक्री गर्दै आएका छन्। खरिदकर्ताले आफूखुसी मूल्य निर्धारण गर्ने गरेको उनको भनाइ छ।

यादवले गाउँकै होटल तथा संकलन केन्द्रमा दूध बिक्री गर्छन्। 'दूध उत्पादन बढी भएकाले सस्तोमा बेच्नु परेको छ', यादवले भने। राज्यले कृषकले उत्पादन गरेको दूध उचित मूल्यमा खरिद गर्ने वातावरण बनाइदिनुपर्ने उनको भनाइ छ।

घोराही उपमहानगरपालिका-२ रामपुरमा ‘ग्रिन लक्ष्मी गाई तथा भैँसी फार्म’ सञ्चालन गर्दै आएका गोपाल खनाल दैनिक एक सय लिटरभन्दा बढी दूध उत्पादन गर्छन्। उनले ९० रूपैयाँमा दूध स्थानीय डेरीलाई बिक्री गर्दै आएका छन्। बाँकी दूध उपभोक्ताको घर घरमा गएर पनि बिक्री गर्ने गरेको उनको भनाइ छ। 'प्रतिलिटर ७० रूपैयाँभन्दा बढीमा दूध बिक्री गर्नै सकिएको छैन', खनालले भने। उनीसँग ७० रूपैयाँमा दूध खरिद गर्ने डेरीले भने उपभोक्तालाई एकसय रूपैयाँमा बिक्री गर्ने गरेका छन्। 

सरकारले दूधको उचित मूल्य निर्धारण गर्नुपर्ने कृषकको माग छ। स्थानीय तहले कृषकको समस्या बुझ्न नसकेको उनीहरु बताउँछन्। 'स्थानीय सरकार कृषकको समस्याबारे बेखबर छ', खनालले भने। उनको फार्ममा हाल २८ गाई भैँसी छन्। रासस

images

प्रकाशित : सोमबार, चैत ५ २०८००४:३०

प्रतिक्रिया दिनुहोस