शुक्रबार, जेठ २ गते २०८२    
शुक्रबार, जेठ २ २०८२
images
images

कैलाली भन्सारबाट ४४ करोडको गहुँ, मकै र चामल आयात

images
सोमबार, चैत ५ २०८०
images
कैलाली भन्सारबाट ४४ करोडको गहुँ, मकै र चामल आयात

चालु आवको आठ महिनामा आठ करोड ७१ लाख रूपैयाँको तरकारी आयात भएको छ। सो अवधिमा सात अर्बबढी राजस्व संकलन भएको छ।

images
images

अत्तरिया- कैलाली भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८०/८१ को आठ महिनामा २६ करोड ३७ लाख रूपैयाँको गहुँ आयात गरिएको छ। सोही अवधिमा १२ करोड २१ लाख रूपैयाँको मकै, पाँच करोड ९४ लाख रूपैयाँको चामल र एक करोड ९२ लाख रूपैयाँको तोरीको दाना आयात भएको छ।

images
images
images

कैलाली भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काका अनुसार चालु आवको आठ महिनामा आठ करोड ७१ लाख रूपैयाँको तरकारी, १६ लाख ५० हजार रूपैयाँको मटर, १४ लाख ८६ हजार रूपैयाँको फर्सी, लौकालगायतको तरकारी, सात लाख ३३ हजार रूपैयाँको प्याज, पाँच लाख २९ हजार रूपैयाँको काँक्रा, सात लाख ४१ हजार रूपैयाँको कागती र ६ लाख ७९ हजार रूपैयाँको अन्य तरकारी आयात गरिएको छ।

images
images

यस्तै चालु आवको सोही अवधिमा आठ करोड ४९ लाख रूपैयाँको अङ्गुर, चार करोड ४९ लाख रूपैयाँको अनार, दुई करोड ३० लाख रूपैयाँको अम्बा, आँपलगायतका फलफूल, दुई करोड ११ लाख रूपैयाँको सुन्तला, ८७ लाख २९ हजार रूपैयाँको स्याउ तथा ८४ लाख ७१ हजार रूपैयाँको केरा आयात गरिएको सूचना अधिकारी खड्काले जानकारी दिए।

images
images

राजस्व संकलनमा कमी

कैलाली भन्सार कार्यालयले चालु आवको आठ महिनामा लक्ष्यअनुसारको राजस्व संकलन गर्न सकेको छैन। चालु आवको फागुन मसान्तसम्म सात अर्ब ५६ करोड १६ लाख रूपैयाँ राजस्व संकलन गर्ने लक्ष्य रहेकामा पाँच अर्ब १३ करोड दुई लाख रूपैयाँमात्रै संकलन भएको सूचना अधिकारी खड्काले जानकारी दिए।

चालु आवको साउनमा ७२ करोड ३५ लाख रूपैयाँ राजस्व संकलन गर्ने लक्ष्य रहेकामा ४६ करोड ८२ लाख, भदौमा ८८ करोड ४० लाख लक्ष्य रहेकामा ५१ करोड ९३ लाख, असोजमा ९७ करोड ८१ लाख लक्ष्य रहेकामा ६३ करोड १४ लाख तथा कात्तिकमा ९७ करोड ५२ लाख लक्ष्य रहेकामा ६१ करोड ४६ लाख रूपैयाँमात्रै राजस्व संकलन भएको उनले बताए।

यस्तै मङ्सिरमा  एक अर्ब दुई करोड २५ लाख रूपैयाँ राजस्व संकलन गर्ने लक्ष्य रहेकामा ७३ करोड ३४ लाख रूपैयाँ, पुसमा  एक अर्ब चार करोड १३ लाख रूपैयाँ लक्ष्य रहेकामा ६८ करोड ९० लाख रूपैयाँ, माघमा ९२ करोड ६९ लाख रूपैयाँ लक्ष्य रहेकामा ६६ करोड ६७ लाख रूपैयाँ तथा फागुनमा एक अर्ब ९८ लाख लक्ष्य रहेकामा ६९ करोड एक लाख रूपैयाँमात्र राजस्व असुली भएको सूचना अधिकारी खड्काले जानकारी दिए।

चालु आवमा कैलाली भन्सार कार्यालयको ११ अर्ब ५८ करोड २४ लाख रूपैयाँ राजस्व संकलनको लक्ष्य छ। चालु आवको आठ महिनामा रु पाँच अर्ब १३ करोड दुई लाखमात्र राजस्व असुली भएको छ। जुन वार्षिक लक्ष्यको ४३ दशमलव २८ प्रतिशत हो। आर्थिक वर्ष २०७९/८० मा १२ अर्ब ३० करोड ६६ लाख लक्ष्य रहेकामा आठ अर्ब २९ करोड ६३ लाख रूपैयाँ मात्र राजस्व असुली भएको कार्यालयले जनाएको छ। यो लक्ष्यको ६७ दशमलव ४१ प्रतिशत मात्र हो।

'आयात घटेसँगै राजस्व संकलन प्रभावित भएको हो', उनले भने, 'पुँजीगत खर्च बढ्न सकेको छैन। विकास निर्माणका कार्य पनि त्यति भएका छैनन्। यसबाट राजस्व असुलीमा कमी आएको हो।' रासस


प्रकाशित : सोमबार, चैत ५ २०८०१५:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend