शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

यी हुन् नेपाली बजारमा उपलब्ध सस्ता कार

सोमबार, मंसिर २७ २०७८
यी हुन् नेपाली बजारमा उपलब्ध सस्ता कार

कारको मूल्य पछिल्लो केही वर्षयता निक्कै बढेको छ। अहिले नेपाली बजारमा २० लाख रुपैयाँभन्दा कम मूल्यका कार पाइँदैन। 

काठमाडौं- मोटरसाइकल तथा स्कुटर छोडेर कार प्रयोग गर्नेहरूको रोजाइमा साना कार अर्थात ह्याचब्याक पर्ने गरेको छ। पछिल्लो समय क्रसओभर कार आउने क्रम उल्लेख्य बढेको छ। त्यसैले धेरैको रोजाइमा ह्याचब्याकका सााथै क्रसओभर कारतर्फ आकर्षित हुने थालेको छ। 

नेपाली बजारमा दर्जनौं ब्रान्डका कार उपलब्ध रहेका छन्। कारको मूल्य पछिल्लो केही वर्षयता निक्कै बढेको छ। अहिले नेपाली बजारमा २० लाख रुपैयाँभन्दा कम मूल्यका कार पाइँदैन। 

कम मूल्यका कार सुजुकी, ड्याटसन, टाटा, हुन्डाईलगायत ब्रान्डका उपलब्ध छन्। यी आइसी इन्जिन अर्थात पेट्रोल÷डिजेलबाट चल्ने हुन्। ह्याचब्याक सेगमेन्टका इन्ट्रिलेवल कार धेरैको रोजाइमा भने परिरहेकै छ। 

हाल केही चिनियाँ ब्रान्डका विद्युतीय कार पनि ३० लाख भन्दा कम मूल्यमा उपलब्ध रहेका छन्। तर यी कार चार्जिङ, रेन्जलगायतका कारण धेरै उपभोक्ताको रोजाइमा पर्न सकेको छैन। 

सुजुकी अल्टो ८०० एसटीडी को मूल्य २० लाख ९ हजार रुपैयाँ रहेको छ। त्यस्तै अल्टो एलएक्सआईको २२ लाख ९ हजार, वागनआर भीएक्सआई १ लिटरको मूल्य २६ लाख ९९ हजार र एस-प्रेसो एसटीडी २३ लाख ४९ हजार रुपैयाँ मूल्य तोकिएको छ। 

सुजुकी अल्टो ७ सय ९६ सीसी क्षमताको हो भने माथि उल्लेखित वागनआर र एस-प्रेसो ९ सय ९८ सीसी इन्जिन क्षमताका कार हुन्। सुजुकी कार नेपाली बजारमा सीजी मोटोकर्पले बिक्री गर्दै आएको छ। 

टाटाको एउटा कार ३० लाख रुपैयाँभन्दा कम मूल्यमा उपलब्ध रहेको छ। टाटा टियागो एक्सई बीएस-६ को नेपाली बजार मूल्य २८ लाख ३५ हजार रुपैयाँ तोकिएको छ। यो कार ११ सय ९९ सीसी इन्जिन क्षमताको हो। टाटाका कार सिप्रदी ट्रेडिङ प्रालिले उपलब्ध गराउँदै आएको छ। 

tata-tiago.jpg

यसैगरि ड्याटसन रेडिगोकारको सुरुवाती मूल्य २४ लाख २४ हजार रुपैयाँ रहेको छ। दुई मोडलमा उपलब्ध रेडिगोको अर्को भर्सनको मूल्य २५ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। यी दुबै कार ९ सय ९९ सीसी इन्जिन क्षमताका हुन्। ड्याटसनका कार पायोनियर मोटोकर्पले बिक्री गर्दै आएको छ।  

हुन्डाईको सेन्ट्रो इराको नेपाली बजार मूल्य २५ लाख ५६ हजार रुपैयँ तोकिएको छ। त्यस्तै सेन्ट्रोको अर्को भर्सन मग्नाको मूल्य २७ लाख ५६ हजार रुपैयाँ रहेको छ। यी दुबै कार १ हजार ८६ सीसी इन्जिन क्षमताका हुन्। लक्ष्मी इन्टरकन्टिनेन्टलले हुन्डाईका कार बिक्री गर्दै आएको छ।

यहाँ उल्लेखित मूल्य कात्तिकमा सार्वजनिक मूल्य सूचिमा आधारित रहेर लेखिएको हो। सवारी बिक्रेताले हरेक चार महिना सवारीसाधनको अधिकतम् खुद्रा बिक्री मूल्य एमआरपी सार्वजनिक गर्नु पर्ने व्यवस्था छ। मंसिरदेखि फागुनसम्मका लागि लागु हुने छ। 


प्रकाशित : सोमबार, मंसिर २७ २०७८०५:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend