आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

तोलामा पाँचसय रूपैयाँले घट्यो सुनको मूल्य

सोमबार, चैत ५ २०८०
तोलामा पाँचसय रूपैयाँले घट्यो सुनको मूल्य

सोमबार सुनको मूल्य प्रतितोला पाँचसय रूपैयाँले घटेको छ भने चाँदी प्रतितोला १० रूपैयाँले सस्तिएको छ।

काठमाडौं- यो साता सोमबार पनि सुनको मूल्यमा गिरावट आएको छ। आइतबार तोलामा चारसय रूपैयाँले घटेको सुनको मूल्य सोमबार प्रतितोला पाँचसय रूपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

महासंघका अनुसार सोमबारका लागि छापावाल सुनको मूल्य प्रतितोला एक लाख २४ हजार पाँचसय रूपैयाँ तोकिएको छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख २३ हजार ९ सय रूपैयाँ कायम छ।

चाँदीको मूल्य पनि सोमबार घटेको छ। आइतबार तोलामा १५ रूपैयाँले बढेको चाँदी आज तोलामा १० रूपैयाँले घटेर प्रतितोला एक हजार पाँचसय २० रूपैयाँमा कारोबार भइरहेको छ। 


प्रकाशित : सोमबार, चैत ५ २०८०११:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend