शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

त्रिभुवन विमानस्थलबाट दुई महिनामै १४ लाखभन्दा बढीले गरे हवाई यात्रा, १२.४५ प्रतिशतले बढे आन्तरिक हवाई यात्रु

सोमबार, चैत ५ २०८०
त्रिभुवन विमानस्थलबाट दुई महिनामै १४ लाखभन्दा बढीले गरे हवाई यात्रा, १२.४५ प्रतिशतले बढे आन्तरिक हवाई यात्रु

अन्तर्राष्ट्रिय उडानतर्फ जवनरीमा २६ सय ९९ वटा उडान तथा अवतरण भएको थियो भने फेब्रुअरीमा २५ सय ७० वटा उडान तथा अवतरण भएको विमानस्थल कार्यालयले जनाएको छ।

काठमाडौं- सन् २०२४ को जनवरी र फेब्रुअरीमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै १४ लाख ३ हजार ४ सय ४२ यात्रुले हवाई यात्रा गरेका छन्।

विमानस्थल कार्यालयका अनुसार दुई महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १८ हजार ४ सय २६ वटा उडान तथा अवतरण भएको छ। कार्यालयका अनुसार दुई महिनामा अन्तर्राष्ट्रिय हवाई यात्रा गर्ने यात्रुको संख्या ७ लाख ८६ हजार ६ सय ६५ र आन्तरिक हवाई यात्रा गर्ने यात्रुको संख्या ६ लाख १६ हजार ७ सय ७७ रहेको छ।

कार्यालयका अनुसार सन् २०२४ को २ महिनामै  ७ लाख ८६ हजार ६ सय ६५ जनाले काठमाडौं विमानस्थल हुँदै अन्तर्राष्ट्रिय हवाई यात्रा गरेका छन्। जसमा जनवरीमा ३ लाख ९२ हजार ५ सय ९८ जना रहेका छन्। त्यसमा पनि विश्वका विभिन्न गन्तव्यबाट नेपाल आउनेको संख्या १ लाख ८७ हजार ७ सय ८३ रहेको छ भने काठमाडौंबाट बाहिर जानेको संख्या २ लाख ४ हजार ८ सय १५ रहेको छ।

यसैगरी फेब्रुअरीमा भने जनवरीको भन्दा बढी हवाई यात्रु रहेका छन्। फेब्रुअरीमा ३ लाख ९४ हजार ६७ जनाले काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय हवाई सेवा लिएका छन्। फेब्रुअरीमा विश्वका विभिन्न देशबाट नेपाल आउने यात्रुको संख्या १ लाख ९१ हजार ७ सय ७६ रहेको छ। यसैगरी नेपालबाट बाहिरिनेको संख्या २ लाख २ हजार ३ सय रहेको छ। 

अन्तर्राष्ट्रिय उडानतर्फ जवनरीमा २६ सय ९९ वटा उडान तथा अवतरण भएको थियो भने फेब्रुअरीमा २५ सय ७० वटा उडान तथा अवतरण भएको विमानस्थल कार्यालयले जनाएको छ। 

बढे आन्तरिक हवाई यात्रु 

विमानस्थल कार्यालयका अनुसार आन्तरिक हवाई यात्रुको संख्या २०२३ को जनवरी र फेब्रुअरीको तुलनामा अहिले बढेको छ।

२०२४ को दुई महिनामा काठमाडौं विमानस्थललाई वेस बनाएर ६ लाख १६ हजा ७ सय ७७ जना यात्रुले आन्तरिक हवाई यात्रा गरेका छन्।

सन् २०२३ को सोही अविधमा ५ लाख ३९ हजार ९ सय ६४ जनाले आन्तरिक हवाई यात्रा गरेका थिए। दुई महिनामै आन्तरिक हवाई यात्रुको संख्या १२.४५ प्रतिशतले बढेको हो। 

सन् २०२४ को जनवरीमा २ लाख ८२ हजार ८ सय ३० जना र फेब्रुअरीमा ३ लाख ३३ हजार ९ सय ४७ जनाले आन्तरिक हवाई सेवा लिएका छन्। यसअघि सन् २०२३ को जनवरीमा २ लाख ५९ हजार ९ सय ८६ र फेब्रुअरीमा २ लाख ७९ हजार ९ सय ७८ जनाले आन्तरिक हवाई यात्रा गरेका थिए।


प्रकाशित : सोमबार, चैत ५ २०८००६:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend