शनिबार, साउन १२ गते २०८१    
images
images
images

सेयर बजारमा साताको पहिलो कारोबार ओरालोतिर

images
आइतबार, चैत ४ २०८०
images
images
सेयर बजारमा साताको पहिलो कारोबार ओरालोतिर
images

काठमाडौं- गएको साता समग्रमा ५०.३६ र त्यसअघिको साता ७०.२६ अंकले बढेको सेयर बजार यो साता भने पहिलो कारोबारमा नै ओरालोतिर लागेको छ।

images
images

साताको पहिलो कारोबारमा आइतबार बजार १०.६२ अंकले घटेर २०७०.२५ बिन्दुमा झरेको छ। ८४ कम्पनीको सेयर मूल्य बढेको बजारमा ३ अर्ब ३८ करोड ७९ लाख ८० हजार रूपैयाँको कारोबार भएको छ। १५० कम्पनीको सेयर मूल्य घटेको छ भने १० कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

images

सत्ता गठबन्धनमा फेरबदल देखिएसँगै एकाएक उचालिएको सेयर बजार पुन: ओरालोतिर लागेको हो। सरकारी निकायको साथ मिल्ने आशमा हौसिएका लगानीकर्ताहरू अहिले सम्हालिएका छन्, जसले बजार प्राकृतिक घटबढतर्फ नै लाग्ने देखिएको छ।

निरन्तर बढिरहेको सेयर बजारमा गएको साता बुधबारको कारोबारमा उतारचढावबीच सामान्य करेक्सन देखिएको थियो भने बिहीबार भने घटेको थियो।

images

गएको साता आइतबार २२.१० अंकले बढेको बजार साताको दोस्रो कारोबारमा मंगलबार ५८.५८ अंकले बढेको थियो। बुधबार २.४८ अंकले घटेको थियो भने बिहीबार पनि २७.८४ अंकले घटेको थियो।

लगानीकर्ताहरूले अहिलेको अवस्थामा बजार वृद्धितर्फ नै लागेर पुन: २२०० को बिन्दुतर्फ लाग्ने अपेक्षा गरेका छन्। पर्ख र हेरको सोचमा रहेका संगठित लगानीकर्ताहरू पनि नयाँ सरकारसँगै हौसिएका थिए। सेयर बजारका संगठित लगानीकर्ताहरूको मनोविज्ञान बुझेर अर्थमन्त्री वर्षमान पुनले बजारको सुधारका काममा आफू लागिरहने बताइरहँदा कारोबारमा साथ मिलिरहेको थियो। 

आइतबारसमेत नागरिक लगानी कोषको ३४औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा अर्थमन्त्री पुनले अर्थतन्त्र संकटमा नरहेको बताउँदै  धितोपत्र बजारमा सकारात्मक संकेत देखिएको बताएका थिए। उनले ६० लाख जनसंख्या संलग्न धितोपत्र बजारमा सुधारका लागि आफूले सरोकारवालासँग सुझाव मागेको र सुझावहरू प्राप्त भइरहेकोसमेत जनाए।

विगतमा अर्थतन्त्र संकटमा रहेका बेला लिइएका कतिपय नीति अब खुकुलो बनाउनेगरी अर्थ मन्त्रालय र नियामक निकायबीच छलफल चलिरहेकोसमेत मन्त्री पुनले बताएका छन्। 

बजार प्राकृतिक घटबढभन्दा पनि अस्वभाविक उचाल्ने र केही संगठित लगानीकर्ताको वरपर घुम्ने भइरहँदा अर्थमन्त्री पुनले भने नियामक निकायसँग छलफल गरेर खुकुलो नीति लिने बताइरहेका छन्। सरकारले पुँजी बजारको प्राकृति उतारचढावमा छाडिदिनुभन्दा यसको वृद्धिलाई नै आफ्नो सफलतासँग दाँज्ने गरिरहेको छ। 

यस्तोमा अर्थमन्त्री पुनसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि लगानीकर्ता विश्वस्त पार्नमा केन्द्रित भएका देखिन्छन्। उनले संसदमै बोल्दै पछिल्लो समय बढिरहेको सेयर बजार जनताले आफूहरूको सत्ता फेरबदल अनुमोदन गरेको रुपमासमेत अर्थ्याएका थिए। 

अब अर्थमन्त्री पुनले आश्वासन दिएजस्तै थग नीतिगत सहजता हुने आशमा संगठित लगानीकर्ताहरू रहेका छन्। लगानीकर्ताहरू अहिले पुन: पर्ख र हेरको अवस्थामा देखिन्छन्। 


प्रकाशित : आइतबार, चैत ४ २०८०१५:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend