आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

आइतबार घट्यो सुनको मूल्य, चाँदीको बढ्यो

आइतबार, चैत ४ २०८०
आइतबार घट्यो सुनको मूल्य, चाँदीको बढ्यो

आइतबार सुनको मूल्य प्रतितोला चारसय रूपैयाँले घट्दा चाँदीको मूल्य भने तोलामा १५ रूपैयाँले बढेर प्रतितोला १५ सय ३० रूपैयाँ पुगेको छ।

काठमाडौं- आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ। गएको शुक्रबारको तुलनामा सुनको मूल्य आइतबार प्रतितोला चारसय रूपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार आइतबारका लागि छापावाल सुनको मूल्य प्रतितोला एक लाख २५ हजार रूपैयाँ तोकिएको छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख २४ हजार चारसय रूपैयाँ कायम छ।

चाँदी आज तोलामा १५ रूपैयाँले बढेर प्रतितोला एक हजार पाँचसय ३० रूपैयाँमा कारोबार भइरहेको छ।

 


प्रकाशित : आइतबार, चैत ४ २०८०१०:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend