आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

सुनको मूल्यमा सामान्य गिरावट, चाँदीको स्थिर

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, चैत २ २०८०
सुनको मूल्यमा सामान्य गिरावट, चाँदीको स्थिर

बिहीबारको तुलनामा आज चाँदीको मूल्य भने स्थिर छ। आज चाँदीको मूल्य प्रतितोला १ हजार ५ सय १५ रुपैयाँ कायम भएको छ।

काठमाडौं- नेपाली बजारमा आज शुक्रबार सुनको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ४ सयले घटेर प्रतितोला १ लाख २५ हजार ४ सय रुपैयाँ कायम भएको छ। बिहीबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख २५ हजार ८ सय रुपैयाँ थियो। 

त्यसैगरी तेजाबी सुनको मूल्य पनि प्रतितोला ४ सयले घटेर प्रतितोला १ लाख २४ हजार ८ सय कायम भएको छ। बिहीबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख २५ हजार दुई सय थियो। 

बिहीबारको तुलनामा आज चाँदीको मूल्य भने स्थिर छ। आज चाँदीको मूल्य प्रतितोला १ हजार ५ सय १५ रुपैयाँ कायम भएको छ।


प्रकाशित : शुक्रबार, चैत २ २०८०१२:०७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend