आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

४९ लाख ९९ हजारमै आयो नयाँ ‘एमजी फोर’

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , चैत १ २०८०
४९ लाख ९९ हजारमै आयो नयाँ ‘एमजी फोर’

एमजी फोर लङ रेन्ज मोडलमा ६४ किलोवाट आवरको ब्याट्री प्याक उपलब्ध छ।

काठमाडौं- मोरिस ग्यारेज (एमजी) ले एमजी फोरको नयाँ लङ रेन्ज मोडल सार्वजनिक गरेको छ। कम्पनीले ९९ किलोवाट क्षमताको मोटर पावरसहितको एमजी फोर नेपाल ल्याएको हो। 

एमजी ब्रान्डको नेपालका लागि आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले बिहीबार धुलिखेलमा रहेको ‘डर्ट टेम्पल’मा आयोजित कार्यक्रममा एमजी फोरको नयाँ मोडल सार्वजनिक गरेको हो। कम्पनी नयाँ एमजी फोरको मूल्य ४९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। 

यसअघि पारामाउन्टले फुल अप्सन र लङ रेन्ज मोडलमा १ सय ५० किलोवाट पिक पावरयुक्त मोटर थियो। उक्त कारको मूल्य ५८ लाख ९९ हजार रुपैयाँ थियो। मोटर पावर कम भएसँगै कम्पनीले नयाँ भेरियन्टमा ९ लाख रुपैयाँ मूल्य कम गरेको छ।  

एमजी फोर लङ रेन्ज मोडलमा ६४ किलोवाट आवरको ब्याट्री प्याक उपलब्ध छ। यसले एक पटकको फुल चार्जमा ४ सय ५० किलोमिटर रेन्ज दिने कम्पनीले जनाएको छ। 

एसएआइसीको ‘मोड्युलर स्केलेबल प्लेटफर्म’मा आधारित रहेर निर्माण गरिएको एमजी फोर विद्युतीय क्रसओभर कार हो। कम्पनीका अनुसार यसले १ सय ५० किलोवाट क्षमताको डीसी फास्ट चार्जर सपोर्ट गर्छ। एमजी फोरको अधिकतम गति १ सय ६० किलोमिटर प्रतिघण्टा रहेको छ। स्पोर्टी डिजाइन र डीएनए भएको यो कार कुदाउँदा अलग्लै अनुभुत हुन्छ। 

एमजी फोरमा सेन्टर एयर इनलेट र फग ल्याम्पहरू दुवैतर्फ भर्टिकल रुपमा राखिएको छ। त्यस्तै वायरलेस चार्जर, ३६० डिग्री क्यामेरा, भेन्टिलेटेड फ्रन्ट सिट र एडासलगायत विशेषता उपलब्ध छ। 


प्रकाशित : बिहीबार , चैत १ २०८०१९:११
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend