आइतबार, जेठ ६ गते २०८१    
images
images

ऋण तिर्नकै लागि १ खर्ब ३५ अर्ब ऋण खोज्ने नेपाल एयरलाइन्सलाई दाताले पत्याएन

दोस्रोपटक सूचना जारी

images
बुधबार, फागुन ३० २०८०
images
images
ऋण तिर्नकै लागि १ खर्ब ३५ अर्ब ऋण खोज्ने नेपाल एयरलाइन्सलाई दाताले पत्याएन

ऋणको सुरक्षणका रुपमा नेपाल एयरलाइन्सले आफ्नो जहाज तथा परियोजना र भौतिक सम्पत्ति राख्न सकिने वा ऋणदाताले माग गरेअनुसारको हुने उल्लेख गरेको छ।

images
images

काठमाडौं (फागुन-३०) - सरकारी स्वामित्वको नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले वित्तीय व्यवस्थापनका लागि भन्दै ऋण दिने संस्थाको खोजी गरिरहेको छ तर निगमलाई कुनै पनि संस्थाले पत्याएका छैनन्।

images
images
images

निगमले ऋण तिर्नकै लागि ऋण खोज्दै जनवरी २३ मा पहिलोपटक सूचना जारी गरेको थियो। निगमले १ खर्ब ३५ अर्ब ऋण दिने संस्था खोजीका लागि सूचना जारी गरेको थियो।

images

४५ दिनको समयसीमामा कुनै पनि कम्पनीले चासो नदेखाएपछि निगमले पुन: सूचना जारी गरेको छ। दोस्रोपटक निगमले सन् २०२४ को अप्रिल ११ सम्मको सयमसीमा राखेर सूचना जारी गरेको छ।

images
images

नेपाल एयरलाइन्सले सार्वजनिक गरेको दोस्रो सूचनामा १ खर्ब ३५ अर्ब नेपाली रूपैयाँ बराबरको ऋण दिने संस्थालाई आह्वान गरेको छ। अहिलेको ऋणको व्यवस्थापन तथा थप जहाज खरिदका लागि वित्तीय स्रोतको आवश्यकता भएको भन्दै एयरलाइन्सले ऋण दिने संस्थाको खोजी गरेको हो। 

images
images

स्वदेशी तथा विदेशी सरकारी संस्था, गैरसरकारी वित्तीय संस्थाले यो टेन्डरमा प्रस्ताव गर्नसक्ने जनाइएको छ। नेपाल एयरलाइन्सले कुल १ खर्ब ३५ अर्ब ऋण आवश्यक भएको जानकारी दिएको छ। यसरी प्राप्त हुने ऋण ५५ अर्ब अहिलेको ऋण व्यवस्थापनमा प्रयोग हुने र त्यसपछि ७५ अर्ब नयाँ जहाज खरिदका लागि प्रयोग गर्ने प्रस्ताव गरेको छ। त्यस्तै ५ अर्ब ह्यांगर बनाउनका लागि उपयोग गर्ने उल्लेख गरेको छ।

२५ अर्ब रुपैयाँका लागि परिवर्तन नहुने ब्याजदरमा यस्तो ऋण दिनुपर्ने सर्त राखिएको छ। यद्यपि ब्याजदर तथा विदेशी मुद्राको सटहीदर सरकारले स्वीकृत गरेअनुसार हुने उल्लेख गरिएको छ। 

ऋणको सुरक्षणका रुपमा नेपाल एयरलाइन्सले आफ्नो जहाज तथा परियोजना र भौतिक सम्पत्ति राख्न सकिने वा ऋणदाताले माग गरेअनुसारको हुने उल्लेख गरेको छ।

नेपाल एयरलाइन्ससँग हाल दुईवटा एयरबस ३३० र दुईवटा ३२० जहाज छन्। १० गन्तव्यमा उडान गरिरहेको नेपाल एयरलाइन्सले २ वटा जहाजबाट आन्तरिक उडान गर्दै आएको छ।

एयरबसका चारवटा जहाज खरिद गर्दा नागरिक लगानी कोष र सञ्चय कोषबाट लिएको ऋण भुक्तानीमा समेत निरन्तर समस्या भइरहेको छ। नेपाल एयरलाइन्सलाई सरकारी स्वामित्वका यी संस्थाले ऋण दिन नसक्ने बताइरहेको समयमा अहिले विदेशी संस्थाबाट ऋण लिन खोजेको हो। 


प्रकाशित : बुधबार, फागुन ३० २०८००४:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend