आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

उच्च बिन्दुबाट ओरालो लाग्यो सुनको मूल्य, एकैदिन एकहजारले घट्यो

बुधबार, फागुन ३० २०८०
उच्च बिन्दुबाट ओरालो लाग्यो सुनको मूल्य, एकैदिन एकहजारले घट्यो

बुधबार सुनको मूल्य प्रतितोला एक हजार रूपैयाँले घटेको छ भने चाँदी प्रतितोला २० रूपैयाँले सस्तिएको छ।

काठमाडौं- बुधबार सुनचाँदीको मूल्य घटेको छ। लगातार दुईदिन उच्च बिन्दुमै स्थिर रहेको सुनको मूल्य बुधबार प्रतितोला एक हजार रूपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

महासंघका अनुसार बुधबारका लागि छापावाल सुनको मूल्य प्रतितोला एक लाख २५ हजार रूपैयाँ तोकिएको छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख २४ हजार चारसय रूपैयाँ कायम छ। 

मंगलबार तोलामा १० रूपैयाँले बढेको चाँदीको मूल्य बुधबार प्रतितोला २० रूपैयाँले घटेको छ। चाँदी आज नेपाली बजारमा प्रतितोला एक हजार चारसय ६५ रूपैयाँमा कारोबार भइरहेको छ।


प्रकाशित : बुधबार, फागुन ३० २०८०११:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend