आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

सुनको मूल्य आजपनि स्थिर, चाँदीको बढ्यो

मंगलबार, फागुन २९ २०८०
सुनको मूल्य आजपनि स्थिर, चाँदीको बढ्यो

मंगलबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदी तोलामा १० रूपैयाँले बढेर प्रतितोला १४ सय ८५ रूपैयाँमा कारोबार भइरहेको छ।

काठमाडौं- अघिल्लो सातायता लगातार बढिरहेको सुनको मूल्य दुईदिनयता भने स्थिर रहेको छ। आइतबार उच्च बिन्दुमा पुगेर सोमबार स्थिर रहेको सुनको मूल्यमा मंगलबार पनि घटबढ नभएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

मंगलबारका लागि नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला एक लाख २६ हजार र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख २५ हजार चारसय रूपैयाँ तोकिएको छ। सुन आइतबार र सोमबार पनि सोही मूल्यमा कारोबार भएको थियो।

आइतबार प्रतितोला पाँच रूपैयाँले बढेर सोमबार स्थिर रहेको चाँदीको मूल्य भने मंगलबार पुन: बढेको छ। महासंघका अनुसार प्रतितोला १० रूपैयाँले बढेर चाँदी आज प्रतितोला एक हजार चारसय ८५ रूपैयाँमा कारोबार भइरहेको छ।


प्रकाशित : मंगलबार, फागुन २९ २०८०१०:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend