आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

एमजी मोटर्सको ईभी ग्राहकहरुका लागि पहिलो ईभी चार्जिङ एप सार्वजनिक

सोमबार, फागुन २८ २०८०
एमजी मोटर्सको ईभी ग्राहकहरुका लागि पहिलो ईभी चार्जिङ एप सार्वजनिक

एमजी आरएफआईडी कार्ड रिक्वेस्ट गर्न ग्राहकहरुले अनलाइन र अफलाइन दुवै तरिकाले फारम भर्न सक्नेछन्।

काठमाडौं- एमजीको नेपालको लागि आधिकारिक वितरक एवम् आयातकर्ता पारामाउन्ट मोटर्स प्रालिले पारामाउन्ट चार्जिङ सोलुसन एप सार्वजनिक गरेको छ। यो एपले एमजीको विद्युतीय गाडी चलाउने नेपाली ग्राहकहरूका लागि सुविधाजनक र प्रभावकारी चार्जिङ समाधान प्रदान गर्ने कम्पनीले जनाएको छ।

एपस्टोर र प्लेस्टोर दुवैमा निःशुल्क रूपमा उपलब्ध यो पारामाउन्ट चार्जिङ सोलुसन एप डाउनलोड गरेर ग्राहकहरूले सजिलैसँग आफ्नो विवरणहरू भरेर साइन अप प्रोसेस पूरा गर्न सक्नेछन्।

कम्पनीका अनुसार चार्जिङ शुल्क ʻखल्ती एप’ मार्फत भुक्तानी हुने भएकोले ग्राहकहरूको अनिवार्य ʻखल्ती एप’ हुन जरूरी हुन्छ। त्यसैले कम्पनीले सबै ग्राहकहरूलाई ʻखल्ती’ एप डाउनलोड गर्न आग्रह गरेको छ।

पारामाउन्ट चार्जिङ सोलुसन एपले देशभर रहेका ३० किलोवाट डीसी चार्जिङ स्टेसनका लाइभ अपडेटको साथै चार्जिङ भुक्तानीमा सहजता पुर्‍याउने छ।

कम्पनीका अनुसार यस एपले हालका लागि ३० किलोवाट चार्जर मात्र सपोर्ट गर्ने भएकोले एमजी जेड एस ईभी र एमजी फो ईभीका ग्राहकहरुलाई विशेष फाइदा गर्नेछ। हालसम्म देशभरमा एमजीका ११ वटा चार्जिङ स्टेसन छन् भने यो संख्या बढाउँदै जाने कम्पनीले जनाएको छ।

साथै यस एपअन्तर्गतको आरएफआईडी कार्डमार्फत ग्राहकहरूले देशभरिका कुनै पनि एमजीका ३० किलोवाट चार्जिङ स्टेसनमा आफ्नो सवारीसाधन चार्ज गर्न सक्नेछन्। ग्राहकहरूले आरएफआईडी कार्ड कम्पनीबाट लिनका लागि भ्याटसहित पाँचसय रुपैयाँ वार्षिक सदस्यता शुल्क तिर्नुपर्नेछ। यो शुल्क चार्जिङ मसिनहरु र स्टेसनहरूको मर्मतमा खर्च गरिने र प्रभावकारिता र दक्षता बढाउने कम्पनीले जनाएको छ। साथै यो एपले २४ घण्टा चार्जिङ सोलुसनहरु उपलब्ध गराइ ग्राहकहरुको चार्जिङसम्बन्धी समस्यालाई सम्बोधन गर्ने कम्पनीले जनाएको छ।

एमजी आरएफआईडी कार्ड रिक्वेस्ट गर्न ग्राहकहरुले अनलाइन र अफलाइन दुवै तरिकाले फारम भर्न सक्नेछन्। अफलाइनका लागि ग्राहकले कम्पनीको वेबसाइटमा गइ फारम डाउनलोड गरी त्यहाँ बताइए बमोजिम प्रक्रिया पूरा गर्नुपर्नेछ।

आरएफआईडी फारम भर्दा ग्राहकहरुले आफ्नो सुविधाअनुसार कार्ड डेलिभरीका लागि नजिकैको शोरूम रोज्न सक्नेछन्। नेपालमा हाल एमजीको २१ वटा शोरूमहरु रहेका छन्।

पारामाउन्ट मोटर्सले नेपाल विद्युत प्राधिकरणले तोकेको दरमा प्रतियुनिट दरमा थप २० प्रतिशत शुल्क लागु गर्नेछ। प्रतियुनिट शुल्क पिक र अफ-पिक आवरमा फरक हुनसक्ने कम्पनीले जनाएको छ। 


प्रकाशित : सोमबार, फागुन २८ २०८०१४:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend