आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

सुनको मूल्य उच्च बिन्दुमै स्थिर

सोमबार, फागुन २८ २०८०
सुनको मूल्य उच्च बिन्दुमै स्थिर

यो साता आइतबार हालसम्मकै उच्च बिन्दुमा पुगेर रेकर्ड कायम गरेको सुनको मूल्य सोमबार भने स्थिर रहेको छ।

काठमाडौं- सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर छ। आइतबार उच्च बिन्दुमा पुगेको सुनको मूल्य सोमबार भने स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

महासंघका अनुसार सोमबारका लागि छापावाल सुनको मूल्य एक लाख २६ हजार रूपैयाँ तोकिएको छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख २५ हजार चारसय रूपैयाँ कायम छ। सुन आइतबार पनि सोही मूल्यमा कारोबार भएको थियो।

आइतबार प्रतितोला एक हजार चारसय ७५ रूपैयाँ तोकिएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ।


प्रकाशित : सोमबार, फागुन २८ २०८०११:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend