शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

बुढानीलकण्ठमा निर्माणाधीन क्लासिक भ्यु रिसोर्टमा थपियो लगानी

सोमबार, फागुन २८ २०८०
बुढानीलकण्ठमा निर्माणाधीन क्लासिक भ्यु रिसोर्टमा थपियो लगानी

रिसोर्टमा लगानी थप्नका लागि फण्ड र रिसोर्टका पदाधिकारीबीच सम्झौता भएको छ। रिसोर्टको सफ्ट लञ्ज जुन २०२४ मा हुने उल्लेख गरिएको छ।

काठमाडाै-  निर्माणको अन्तिम चरणमा रहेको क्लासिक भ्यु रिसोर्टमा लगानी थपिएको छ। विभिन्न ३ वटा संस्थाको संयुक्त प्रवर्द्धनमा रहेको नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेष्टमेन्ट फण्ड (एनआईआईएफ) ले उक्त रिसोर्टमा लगानी गरेको हो।

काठमाडौंको बुढानीलकण्ठमा निर्माणाधीन रहेको उक्त रिसोर्टमा ग्लोबल इक्विटी फण्ड, हिमालयन लाइफ इन्स्योरेन्स र हिमालयन एभरेष्ट इन्स्योरेन्सको संयुक्त प्रवर्द्धनमा रहेको उक्त फण्डले थप विकासका लागि लगानी थपेको छ। 

सो रिसोर्टमा लगानी थप्नका लागि फण्ड र रिसोर्टका पदाधिकारीबीच आइतबार सम्झौता भएको छ। उक्त रिसोर्टको सफ्ट लञ्ज आउँदो जुन २०२४ मा हुने उल्लेख गरिएको छ।

फण्डले आइतबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार हाल थप हुने लगानी निर्माण प्रक्रियालाई अन्तिम रूप दिन, अन्तर्राष्ट्रिय मापदण्डका साथै प्रोटोकलहरू अनुसार अन्तर्राष्ट्रिय फ्रेन्चाइज रिसोर्टमा ल्याउन प्रयोग हुनेछ।

लगानी सम्झौताका क्रममा ग्लोबल इक्विटी फण्डका प्रबन्ध निर्देशक डा.मनिष थापाले यो लगानीबाट एनआईआईएफले प्रिमियर लक्जरी पर्यावरणमैत्री रिट्रिट गन्तव्य स्थापनामा योगदान दिने बताए। 

सो अवसरमा उनले यस लगानीले नेपालमा दीगो पर्यटन विकासलाई प्रवर्द्धन गर्ने प्रतिबद्धताको उदाहरण रहेको बताए। ‘रिसोर्ट शिवपुरी जंगलको मनोहक दृश्य देखिने अनुपम स्थान हुनुका साथै पर्यावरणमैत्री सञ्चालनको पनि प्रतिबद्धता गर्छौँ,’ थापाले भने, ‘हाम्रा घरेलु र अन्तर्राष्ट्रिय पाहुनाहरूका लागि प्रमुख गन्तव्य बन्ने विश्वास छ।’


प्रकाशित : सोमबार, फागुन २८ २०८०११:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend