आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

टाटा मोटर्स स्प्रिङ एक्सचेञ्ज थप एकदिन सञ्चालन हुने

आइतबार, फागुन २७ २०८०
टाटा मोटर्स स्प्रिङ एक्सचेञ्ज थप एकदिन सञ्चालन हुने

स्प्रिङ एक्सचेञ्जका अवसरमा ग्राहकहरुले टाटा मोटर्सको नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्नेछन्।

काठमाडौं- टाटा मोटर्सले प्यासेन्जर गाडीका ग्राहकहरुका लागि आयोजना गरेको स्प्रिङ एक्सचेञ्ज कार्यक्रमको समयसीमा थप गरिएको छ। ग्राहकको चाहना तथा ग्याल्पो ल्होसारको अवसरमा कार्यक्रमको समयसीमा एकदिन थप गरिएको हो।

एक्सचेञ्ज कार्यक्रममा जुनसुकै ब्राण्डका पुराना गाडीहरुसँग नेपालमा सर्वाधिक रुचाइएका टाटाका अत्याधुनिक प्रविधियुक्त नेक्सन ईभी र टियागो ईभीलगायतका गाडीहरु साट्न सकिनेछ। ग्राहकको परिवर्तित जीवनशैली र अत्याधुनिक सवारीहरु प्रतिको रुचि तथा चाहनाहरुलाई मध्यनजर गर्दै यस मेलाको आयोजना गरिएको कम्पनीले जनाएको छ।

स्प्रिङ एक्सचेञ्जमा टाटाका गाडी किन्ने ग्राहकहरुले आकर्षक एक्सचेन्ज बोनस, एक वर्षको अटोप्लस इन्स्योरेन्स, एक वर्षको सवारी कर, एक्सेसरिज, हरेक बुकिङमा आकर्षक उपहार र बम्पर उपहारमा आइफोन १५ प्राप्त गर्नेछन्।

यस अवसरमा ग्राहकहरुले टाटा मोटर्सको नयाँ अत्याधुनिक डिजाइनका उत्पादनहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्नेछन्।

कम्पनीले एक्सचेञ्ज कार्यक्रममा सहभागी भइ नयाँ गाडी खरिद गरेर भरपुर फाइदा उठाउन अनुरोधसमेत गरेको छ।


प्रकाशित : आइतबार, फागुन २७ २०८०१८:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend