शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

पाँचपोखरीको हिउँमाथि कुमारी नाचसहितको आध्यात्मिक पर्यटनयात्रा

आइतबार, फागुन २७ २०८०
पाँचपोखरीको हिउँमाथि कुमारी नाचसहितको आध्यात्मिक पर्यटनयात्रा

काठमाडौं- सिन्धुपाल्चोक पाँचपोखरीमा आध्यात्मिक पर्यटन यात्रा सम्पन्न भएको छ। शिवरात्रीको अवसर पारेर गरिएको आध्यात्मिक पर्यटन यात्रा काठमाडौंदेखि पाँचपोखरीको थाङ्गपाल गाउँपालिकासम्म गरिएको हो।  

न्यूभिजन नेपालको आयोजनामा पहिलोपटक आध्यात्मिक पर्यटनको यात्रा सफलतापूर्वक सम्पन्न गरेको जनाएको छ। गत फागुन २१ गतेदेखि सुरु भएको आध्यात्मिक पर्यटन यात्रा पाँच पोखरीमा सम्पन्न गरेर शनिबार काठमाडौं आइपुगेको हो।

पाँचपोखरी गाँउपालिकाको समेत सहयोगमा हिउँमाथि नै न्यू भिजन नेपालकी सचिव सवनम खड्गीले कुमारी नृत्यसमेत प्रस्तुत गरेकी थिइन्।

पाँचपोखरी बाह्यसँगै आन्तरिक पर्यटकको रोजाइमा परिरहेको प्राकृतिक सुन्दरताले सम्पन्न गन्तव्य हो। 

panch kumri (3).jpg
panch kumri (4).jpg


प्रकाशित : आइतबार, फागुन २७ २०८०१५:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend