आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

प्रतितोला एक लाख २६ हजार पुग्यो सुनको मूल्य

आइतबार, फागुन २७ २०८०
प्रतितोला एक लाख २६ हजार पुग्यो सुनको मूल्य

चाँदी आज प्रतितोला एक हजार चारसय ७५ रूपैयाँमा कारोबार भइरहेको छ भने सुनको मूल्य प्रतितोला एक हजार रूपैयाँले वृद्धि भएको छ।

काठमाडौं- आइतबार सुनको मूल्य प्रतितोला एक हजार र चाँदीको मूल्य प्रतितोला पाँच रूपैयाँले बढेको छ।

आइतबारका लागि छापावाल सुनको मूल्य प्रतितोला एक लाख २६ हजार रूपैयाँ तोकिएको छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख २५ हजार चारसय रूपैयाँ कायम छ, जुन हालसम्मकै उच्च हो। 

अघिल्लो साता मंगलबारयता सुनको मूल्य लगातार कीर्तिमानी बिन्दुमा पुगेको थियो। बिहीबार उच्च मूल्य प्रतितोला एक लाख २५ हजार रूपैयाँमा कारोबार भएको थियो। शुक्रबार भने स्थिर रहेको सुनको मूल्य आज पुन: बढेको हो।

चाँदी आज प्रतितोला एक हजार चारसय ७५ रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।


प्रकाशित : आइतबार, फागुन २७ २०८०१०:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend