शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

पाथीभरा केबलकार निर्माण तत्काल अघि बढाउन ताप्लेजुङका सबै राजनीतिक दलको आग्रह

शनिबार, फागुन २६ २०८०
पाथीभरा केबलकार निर्माण तत्काल अघि बढाउन ताप्लेजुङका सबै राजनीतिक दलको आग्रह

उक्त बैठकमा उपस्थित राजनीतिक दलहरुले आ-आफ्नो आधिकारिक धारणामार्फत केबलकार निर्माणमा सहजीकरण गर्ने सहमति गरेका हुन्।

फुङ्लिङ- पूर्वी नेपालको ताप्लेजुङ जिल्लाको पाथीभरा (मुकुलुङ) मा केबलकार निर्माणको काम तत्काल अघि बढाउन सबै राजनीतिक दलहरुले आग्रह गरेका छन् । 

जिल्ला प्रशासन कार्यालय ताप्लेजुङको आह्वानमा जिल्लामा बसेको संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरुको बैठकले केबलकार निर्माणसम्बन्धी आ-आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्दै केबलकार निर्माणको कामलाई सहजीकरण गर्दै अघि बढ्ने निर्णय गरेको हो।

केबलकार कम्पनीले केबलकारको निर्माण कार्य तत्काल सुरु गर्ने र त्यसको लागि शान्ति सुरक्षाको व्यवस्था मिलाउन आग्रह गरेपछि प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले यो निर्णय गरेको हो।

उक्त बैठकमा उपस्थित राजनीतिक दलहरुले आ-आफ्नो आधिकारिक धारणामार्फत केबलकार निर्माणमा सहजीकरण गर्ने सहमति गरेका हुन्।

बैठकमा उपस्थित विभिन्न दलका प्रतिनिधिहरुले केबलकार जिल्लाको सर्वांगिण विकास, रोजगारी र पहिचानसँग जोडिएकाले यसको निर्माणको काम तत्काल अघि बढाउन आवश्यक वातावरण निर्माण गर्ने बताएका थिए।

आईएमई समूहको अगुवाइमा ताप्लेजुङको फुङ्लिङ ११, काफ्लेपाटीबाट पाथीभरा मन्दिरसम्म पुग्ने केबलकार निर्माण गर्ने योजना रहेको छ। पाथीभरा क्षेत्र पूर्वी नेपालको एक धार्मिक, पर्यटकीय र ऐतिहासिक महत्वको क्षेत्र हो।


प्रकाशित : शनिबार, फागुन २६ २०८०१८:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend