सोमबार, जेठ ७ गते २०८१    
images
images

टाटा नानो ईभी : नयाँ अवतारमा बन्न सक्ला ‘आम मानिसको कार'?

images
शनिबार, फागुन २६ २०८०
images
images
टाटा नानो ईभी : नयाँ अवतारमा बन्न सक्ला ‘आम मानिसको कार'?

नानो ईभीले एक पटकको फुल चार्जमा २ सय ५० देखि ३ सय किलोमिटर रेन्ज दिने अनुमान गरिएको छ। यो रेन्ज केही कम जस्तो देखिएपनि कामकाजी सहरी उपभोक्ता र कम बजेटमा विद्युतीय कार खोज्नेका लागि उपयुक्त विकल्प पक्कै बन्न सक्छ।

images
images

काठमाडौं- मोटरसाइकलमा ४/५ जनासम्म गुडिरहेको देखेपछि भारका प्रसिद्ध व्यवसायी रतन टाटाले कम मूल्यको कार बनाउने सपना देखे। उनको चाहना थियो मोटरसाइकल किन्ने पैसामा सानो आकारको कार नै आओस्। जसका कारण आम भारतीयले केही सुरक्षित यात्रा गर्न सकुन्। 

images
images
images

रतन टाटाको ‘ड्रिम प्रोजेक्ट’ मानिएको नानो कारको उत्पादन बन्द भएको केही वर्ष भइसकेको छ। रतन टाटाको ड्रिम प्रोजेक्ट २००८ मा वास्तविकतामा परिणत भएको थियो। अर्थात् टाटाको सानो कार नानो भारतीय बजारमा बिक्रीका लागि आयो। त्यसको केही समयपछि उक्त नानो कार नेपाली बजारमा समेत आएको थियो।

images

२००८ बाट उत्पादन थालिएको नानो कार २०१८ मा आइपुग्दा बन्द भयो। यसको पछाडि अलि नमिठो यथार्थ छ। विशेषगरी भारतमा मोटरसाइकलको मूल्यमा आम जनतालाई गाडी चढाउने योजनासहित रतन टाटाले तयार पारेको योजना क्रमिकरुपमा असफल हुँदै गएसँगै कम्पनीले उत्पादन बन्द गरेको थियो।

images
images

२००८ मा टाटा नानो सार्वजनिक हुँदा ‘विश्वकै सस्तो कार’ का रुपमा अघि सारिएको थियो। सस्तो मूल्यमा कार ल्याइएकाले नानोमा तुलनात्मक रुपमा कम गुणस्तर थियो नै। तर जसरी विश्वकै सस्तो कारका रुपमा आम मानिसलाई आकर्षित गर्न ‘सस्तो’ शब्द प्रयोग भयो, कालान्तरमा त्यही ‘सस्तो’ शब्द नै नानोको भविष्यका लागि अभिसाप बन्यो।

images
images

तर अहिले अहिले भारतसहित विश्वका विभिन्न देशहरुमा साना सिटी कारको रुपमा ईभीको विकास भइरहेको छ। यस्तैमा भारतीय सवारी उत्पादक कम्पनी टाटा मोटर्सले नानोलाई रिडिजाइन गरेर ईभी भर्सनमा ल्याउन लागेको रिपोर्टहरु सार्वजनिक भएका छन्।

टाटा मोटर्सले २०१० को जेनेभा मोटर शोमा टाटा नानो ईभी सोकेस गरेको थियो। हालसम्म टाटा मोटर्सले नानो ल्याउने औपचारिक घोषणा नगरे पनि कम्पनीले नानो ईभी ल्याउने तयारी गरिरहेको भारतीय सञ्चारमाध्यमहरुले लेखिरहेका छन्। यसले टाटा नानोले नयाँ अवतारमा पुनर्जीवन पाउने सम्भावना बढेर गएको देखिन्छ। ईभी भर्सनमा आउँदा पुरानो नानोभन्दा निकै परिमार्जित डिजाइन र विशेषतासहित आउनेछ।

पछिल्लो समय टाटाले नेक्सन, टिगोर, टियागो र पन्चजस्ता मोडल ईभीमा ल्याइसकेको छ। आफ्नो आईसी इन्जिन भएका सबै गाडीलाई ईभी बनाउने योजनाअनुसार कम्पनीले धमाधम ईभी उत्पादन गरिरहेको छ। साथै टाटाले कर्भ, अभिन्याजस्ता कन्सेप्ट सार्वजनिक गरेर आफ्नो ईभी यात्रा निकै तीव्र रफ्तारमा दौडिएको प्रमाणित गरिसकेको छ।

भारतमा एमजीले कोमेट ईभी बिक्री गरिरहेको छ। त्यस्तै भिनफास्टले पनि सानो आकारको ईभी ल्याउने गरी डिजाइन गरिसकेको छ। अन्य कम्पनीहरुले पनि सानो आकारको सिटी ईभी कार ल्याउने तयारी गरिरहेकाले यो सेगमेन्टमा टाटाले पनि नानो ईभीलाई उतार्ने देखिएको छ।

टाटाले आफ्नो जिपट्रोन टेक्नोलोजीमा सानो ब्याट्री प्याकसहित नानो ईभी बजारमा ल्याउने तयारी गरेको छ। नानो ईभीले एक पटकको फुल चार्जमा २ सय ५० देखि ३ सय किलोमिटर रेन्ज दिने अनुमान गरिएको छ। यो रेन्ज केही कम जस्तो देखिएपनि कामकाजी सहरी उपभोक्ता र कम बजेटमा विद्युतीय कार खोज्नेका लागि उपयुक्त विकल्प पक्कै बन्न सक्छ।

नानो ईभी सफल हुन्छ भनेर अहिले नै भन्न सक्ने अवस्था छैन किनकी यो कार बजारमा आउनै बाँकी छ। तर एउटा तथ्य चाहिँ के हो भने टाटा मोटर्सले नवीनता र दीर्घतामा उल्लेख्य काम गरिरहेकाले नानो ईभी आउँदा त्यसले भारतीय बजारमा राम्रै प्रभाव पार्न सक्छ। नानो ईभी आएमा त्यसले नेपाली बजारमा समेत राम्रो उपस्थिति देखाउने छ।

विशेषता र डिजाइनले भरिएको नानो ईभी कार्यान्वयन योग्य रणनीतिका साथ बजारमा आएमा यो गेम चेन्जर हुने निश्चित छ। यसले विद्युतीय मोबिलिटीलाई थप सहज बनाउने छ र आम भारतीय उपभोक्तामा पुग्नेछ।

प्रतिस्पर्धी बजार, सहज पूर्वाधारको कम उपलब्धता, नानो ब्रान्डको चुनौतीपूर्ण पुनरागमनलाई पार लगाउन सक्यो भने टाटा मोटर्सले नानोको नयाँ ईभी अवतारलाई ‘आम मानिसको कार’ बनाउने सम्भावना भने छँदै नै छ।


प्रकाशित : शनिबार, फागुन २६ २०८००३:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend