बिहीबार , वैशाख २५ गते २०८२    
बिहीबार , वैशाख २५ २०८२
images
images

अघिल्लो साताको निराश सेयर बजारमा अबको साता के होला?

images
शनिबार, मंसिर २५ २०७८
images
अघिल्लो साताको निराश सेयर बजारमा अबको साता के होला?
images
images

काठमाडौं- कोभिड संक्रमण विश्वव्यापी फैलिँदै थियो। नेपालले पनि कोभिड रोकथाम तथा नियन्त्रणका लागि भन्दै सरकारले २०७६ चैत ११ गतेबाट लकडाउन सुरु गरेको थियो। तर बजार १० गते सोमबारबाट बन्द भइसकेको थियो।

images
images
images

कारोबार बन्द हुनुअगाडिको अघिल्लो दिन चैत ९ गते बजार १८.२० अंकले गिरावट आउँदै बजार १२५१.४५ मा रोकिएको थियो।

images
images

बजार बढेर ३१९९ अंकको पुगको थियो। तर मौद्रिक नीतिमा ४/१२ करोड रुपैयाँ कर्जा सिमा सँगै बजार घटन थाल्यो। घटको बजार २५११ मा आइसकेपछि पुन बढेर २८ सयभन्दा माथि पुगेको थियो। फेरि मौद्रिक नीतिको समिक्षा पछि बजार घटेर २४४९.९७ मा आइसकेको छ।

images
images

१२५१ को बजार आर्थिक वर्ष २०७८/०७९ को मौद्रिक नीतिको सार्वजनिक हुन अगाडिसम्म साउन २८ गते नेप्से परिसूचक ३१७८ को अंकमा पुगेर बजार रोकिएको थियो। साउन २८ गते नेप्से १६ अंकले बढेर कारोबार बन्द भएको थियो। साउन २७ गते नेप्से परिसूचक ३१६२ मा पुगेर रोकिएको थियो।

तर मौद्रिक नीति सार्वजनिक भएपछिको पहिलो दिन साउन ३१ गते नेप्से २४ अंकले घटेको थियो। साउन ३१ गते आइबार बजार ३१५४ पुगेर रोकिएको थियो। त्यसपछि साउन ३२ गते पुनः ६ अंकले बढेर ३१६० को अंकमा बजार रोकिएको थियो। भदौ १ गते भने सेयर बजारमा कुनै ठूलो परिर्वतन आएन।

सोही दिन ३१६०.०९ बाट बढेर ३१६०.६२ मा पुगेर बजार रोकिएको थियो। तर भदा २ गते सेयर बजारमा नयाँ रेकर्ड कायम हुँदै नेप्से ३१९९ को अंकमा पुगेको थियो। बजार बढ्दै जाँदा कारोबार पनि २१ अर्ब रुपैयाँभन्दा बढी भएको थियो। तर मौद्रिक नीतिमा गरिएको ४/१२ करोड सेयर कर्जाको विरोध सुरु भयो।

४/१२ को विरोधसँगै बजार घट्न थाल्यो। ३२ सय अंकमा पुगेको बजार निरन्तर तल झर्दै कात्तिक २ गते सबैभन्दा न्यून विन्दु २५११ अंकमा आइपुगेको थियो।

मौद्रिक नीतिको समीक्षापछि १० दिनको कारोबारमै २८२ अंकको गिरावट

मौद्रिक नीतिको समीक्षा अगाडि तिहार पछि केही दिने बजारमा सुधार देखिएको थियो। मौद्रिक नीतिको त्रैमासिक समीक्षामा ४/१२ करोड रुपैयाँको सेयर कर्जाको व्यवस्था परिमार्जन हुनेमा लगानीकर्ता आशावादी थिए।

तर नेपाल नेपाल राष्ट्र बैंकले ४/१२ करोड रुपैयाँको सेयर कर्जालाई यथावत नै राख्ने निर्णय गर्‍यो। लगानीकर्ताले त्यसपछि भने ४/१२ करोडको सीमालाई खासै ठूलो विषय बनाएनन्।

सेयर विश्लेषकहरूले पनि लगानीकर्ताले ४/१२ करोड रुपैयाँको सेयर कर्जाको व्यवस्था पचाइसकेका र अब खासै असर नगर्ने बताउँदै लगानीकर्ताको मनोबल बढाउने कोसिस गरिरहेका थिए। विश्लेषकहरूले पनि बजार घट्ने ठाउँ नरहेको र केही समय बजारमा सामान्य उत्तरचढाव आउने र बजार विस्तारै बढेर नयाँ रेकर्डतर्फ जाने बताइरहेका थिए।

तर बजार विश्लेषकहरूले भने जस्तो भएन। मौद्रिक नीतिको समीक्षापछिको दुई साताको कारोबारमा बजारमा उत्साह देखिएन। बजार २ दिन झिनो अंकले बढे पनि सम्रगमा १० दिनको कारोबारमा बजार १८२ अंकले गिरावट आयो। कारोबार रकम पनि घटेर पौन ३ अर्बमा समेत झरेको छ।

मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा मंसिर १० गते शुक्रबार भएको थियो। मंसिर ९ गते बजार २७३१.७८ अंकमा रोकिएको थियो। तर मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षापछिको पहिलो दिन मंसिर १२ गते आइतबार नै सेयर बजारमा भारी गिरावट आएको थियो। उक्त दिन बजार ८० अंकभन्दा बढीले घटेको थियो।

बजार घटेसँगै विश्लेषकहरूले बजार २६ सयभन्दा तल नजाने बताउँदै लगानीकर्ताको मनोबल बढाइरहेका थिए। तर बजार घट्ने क्रम रोकिएन। मंसिर २३ गतेसम्म आइपुग्दा बजार १० दिनकै समयमा २८० अंकले घटेर २४४९.९७ मा आइपुगेर रोकिएको छ।

किन बजार घटिरेको छरु बजारमा केको असर हो भनेर बिजनेस न्युजले यो २ सातामा केही सेयर विश्लेषकसँग कुराकानी गरेका छौँ। उनीहरू सबैको एउटै भनाइ छ- बजार घट्ने ठाउँ नै छैन किन बजार घटिरहेको छ हामी नै चकित छौँ।

कुनै पनि क्षेत्रमा सकारात्मक असर पर्ने कि नकारात्मक असर पर्ने भन्ने विषय त्यो क्षेत्रसँग जोडिने नियामक तथा प्रत्यक्ष सरोकार राख्ने निकायको भूमिका हुने विश्लेषक अम्बिकाप्रसाद पौडेल बताउँछन्।

सकारात्मक रुपमा लिने हो भने सकारात्मक प्रभाव पर्छ। नकारात्मक रुपमा लिने हो भने नकारात्मक असर पर्ने हो।

‘पछिल्लो सयममा नियामक निकाय तथा सेयर बजारसँग प्रत्यक्ष रुपमा जोडिने निकाय अर्थ मन्त्रालय तथा राष्ट्र बैंक जस्ता निकायहरूले पुँजी बजारलाई जसरी हर्नेु भएको छ त्यसमा बजारमैत्री छैन, उनले भने, ‘त्यसको मनोवैज्ञानिक असर बजारमा देखिएको हो। पुँजी बजारलाई एउटा लगानीको क्षेत्र, सरकारको राजस्व संकलनको क्षेत्र, तरलता प्रदान गर्ने क्षेत्र वा उद्यमशिलताको क्षेत्रको रुपमा सोचिदिएको भए हुन्थ्यो।’

राज्यले पछिल्लो समय पुँजी बजारको क्षेत्रलाई अनउत्पादक क्षेत्र, प्राथकितामा नरहेको क्षेत्र र यसले कहाँ कतै पनि योगदान गर्न नसक्ने क्षेत्रको रुपमा लिइएको उनको तर्क छ।

‘असर पर्नेमा केही विशेष कारण छन्। सबैभन्दा पहिले सेयर बजार बढ्यो। बजार राम्रो लयमा गएको थियो। त्यसलाई हाम्रो नियामक निकायहरूले पचाउन सकेनन्। नियाकममा बस्नेले कहिले सेयर बजार फुलियो भन्छन्। कहिले सुन्नियो भन्छन्,’ उनले भने।

जबसम्म सरकार पुँजी बजारको विषयमा सकारात्मक बन्दैन तबसम्म यो अवस्था आइरहने उनको भनाइ छ।

‘लगानीकर्ताको पनि कमीकमजोरी छ। कम्पनी छनोट गर्दा विचार गरेर सही कम्पनी छनोट गर्नु पर्छ। हल्लाको पछाडि लाग्नु हुँदैन। केही कमजोर कम्पनीमा बढी लगानी गर्दा बढेको बजारमा विस्तारै असर गरेको हुनसक्छ,’उनले भने, ‘ ट्रेडिङ रुपमा कम्पनी छान्दा पनि बजारमा केही असर परेको छ।

अर्को विषय बजार बियरिस हैन। बियरिस भएको छैन। बजारमा करेक्सन आएको हो।’

बियरिस भएको भए यहाँभन्दा धेरै तल जानु पर्थ्यो। बियरिसमा उच्च अंकमा पुगको बजारमा ठूलो गिरावट आउँछ। 

सेयर बजारमा खास अहिले घट्ने ठाउँ नै देखिएको विश्लेषक  छोटेलाल रौनियार बताउँछन्।

‘बजार किन घटिरहेको छ भनेर हामी पनि चकित भएका छौँ,’ उनले भने, ‘केही ठूला लगानीकर्ताले सेयर बजारमा चलखेल गरिरहेका कारण पनि अहिलेको अवस्था देखिएको छ।’

अहिले पुँजी २५ प्रतिशतले घटिसकेको छ। ३२ सयमा पुगको बजार २४ सयको रेन्जमा आइसकेको छ। ७ सय अंक भनेको त ठूलो अंकको गिरावट हो। कुनै कुनै कम्पनीको त ४५ प्रतिशतसम्म घटेको छ।

आजको दिनमा ४ लाखभन्दा बढीको डिम्याट बनेको छ। ३८ लाख मेरो सेयर लिनेहरू छन्। २४ लाखभन्दा बढीले आइपीओहरू भरिरहेका छन्। ११ लाख जना अनलाइन लिने छन्। यसको अर्थ १६ प्रतिशत जनसंख्या पुँजीबजारमा जोडिएका छन्। सरकारलाई जाने राजस्व पनि बढीरहेको छ। 

‘किन बजार यसरी घटेको छ भन्नेमा धेरै चकित छन्। बजार घट्ने ठाउँ नै छैन। लगानीकर्ता डराउनु पर्ने अवस्था नै छैन। राम्रो कम्पनीमा लगानी गर्ने हो भने डराउनु पर्ने अवस्था हुँदै होइन,’उनले भने, ‘

बजार रातो भएको बेला लगानी गर्ने हो।  अझै ५०/६० अंकले बजार घट्ला नै। केही तल नै गएर बजार घट्दैमा डराएर बेच्नपर्ने अवस्था होइन। घाटामा गएको छ भने रिकभर गर्ने गरी लगानी गर्ने नै हो। डराएर आत्तिन पर्दैन, यो लगानी गर्ने उचित समय हो। अहिले जोसँग पैसा छ उसले लगानी गर्छ भने केही समयमा राम्रो आम्दानी गर्न सक्छ।’


प्रकाशित : शनिबार, मंसिर २५ २०७८१०:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend