आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

आजदेखि आइतबारसम्म टाटाको 'स्प्रिङ एक्सचेन्ज', विभिन्न छुटदेखि आइफोन १५ जित्न सकिने

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, फागुन २५ २०८०
आजदेखि आइतबारसम्म टाटाको 'स्प्रिङ एक्सचेन्ज', विभिन्न छुटदेखि आइफोन १५ जित्न सकिने

काठमाडौं- टाटा मोटर्सले प्यासेन्जर गाडीका ग्राहकहरुका लागि स्प्रिङ एक्सचेञ्ज कार्यक्रमको आयोजना गरेको छ।

यस कार्यक्रममा जुनसुकै ब्रान्डका पुराना गाडीहरुसँग नेपालमा सर्वाधिक रुचाइएका टाटाका अत्याधुनिक प्रविधियुक्त नेक्सन ईभी र टियागो ईभी लगायतका गाडीहरु साट्न सकिने छ।

ग्राहकको परिवर्तित जीवनशैली र अत्याधुनिक सवारीहरु प्रतिको रुची तथा चाहनाहरुलाई मध्यनजर गर्दै यस मेलाको आयोजना गरिएको हो।

मेला यही फागुन २५ गते (आज)देखि २७ गतेसम्म नेपालभरी रहेका टाटाका शोरुमहरुमा आयोजना भइरहेको छ।

स्प्रिङ एक्सचेञ्ज कार्यक्रमका टाटाका गाडी किन्ने ग्राहकहरुले आकर्षक एक्सचेन्ज बोनस, १ वर्षको अटोप्लस इन्स्योरेन्स, १ वर्षको सवारी कर, एक्सेसरिज, हरेक बुकिङ्गमा आकर्षक उपहार र बम्पर उपहारमा आइफोन १५ प्राप्त गर्नेछन्।

यस एक्सचेञ्ज कार्यक्रमको मुख्य उदेश्य भनेको ग्राहकलाई खेल तथा मनोरञ्जन मार्फत नौलो अनुभुति गर्दै गाडी किन्ने फरक एक्सपेरियन्स प्रदान रहेको कम्पनीले जनाएको छ।

यस कार्यक्रमको अबसरमा ग्राहक महानुभावहरुले टाटा मोटर्सको नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्नुहुनेछ साथै यस कार्यक्रममा सहभागी भई नयाँ गाडी खरिद गरेर भरपुर फाईदा उठाउनुहुन कंम्पनिले अनुरोध गरेको छ । 


प्रकाशित : शुक्रबार, फागुन २५ २०८०१८:२५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend