आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

नक्सालमा खुल्यो सेरेसको नयाँ ‘स्टेट अफ द आर्ट’ शोरुम

बिहीबार , फागुन २४ २०८०
नक्सालमा खुल्यो सेरेसको नयाँ ‘स्टेट अफ द आर्ट’ शोरुम

नेपालमा आफ्नो उपस्थितिलाई अझ विस्तार गर्ने र ग्राहकलाई विश्वस्तरीय अनुभव दिलाउने सेरेसको प्रतिबद्धतालाई प्रत्याभुत गर्न यो कदम महत्वपूर्ण भएको कम्पनीको भनाइ छ।

काठमाडौं- नेपालका लागि सेरेस ईभीको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि अटोकर्पले काठमाडौंको नक्सालमा नयाँ स्टेट अफ द आर्ट शोरुम सञ्चालनमा ल्याएको छ। 

कम्पनीले बिहीबार एक कार्यक्रम गरि नयाँ शोरुम सञ्चालनमा ल्याएको हो। सेरेसका डेपुटी जनरल म्यानेजर जिया झु र एमएडब्लू ग्रुप अफ कम्पनीजका प्रबन्ध निर्देशक विष्णुकुमार अग्रवालले नयाँ शोरुम उद्घाटन गरेका हुन्। 

नयाँ शोरुमले नेपालमा आफ्नो उपस्थितिलाई अझ विस्तार गर्ने र ग्राहकलाई विश्वस्तरीय अनुभव दिलाउने सेरेसको प्रतिबद्धतालाई प्रत्याभुत गर्छ। उद्घाटनमा एमएडब्लू वृद्धिले सेरेस थ्रीले हिमाली क्षेत्रमा रहेको कोरोला पासको कठिन भूगोलमा पुगेको इन्ट्रो भिडियो पनि देखाइएको थियो। 

सेरेस थ्री समुद्री सतहबाट चार हजार ६ सय ६० मिटर उचाइमा अवस्थित कोरोला पास पुग्ने पहिलो विद्युतीय एसयूभी भएको दाबी कम्पनीले गरेको छ। 

dhanbahadur budha.jpg

नेपालमा आफ्नो उपस्थितिलाई अझ विस्तार गर्ने र ग्राहकलाई विश्वस्तरीय अनुभव दिलाउने सेरेसको प्रतिबद्धतालाई प्रत्याभुत गर्न यो कदम महत्वपूर्ण भएको कम्पनीको भनाइ छ। 

काठमाडौंको मुटुमा अवस्थित नयाँ शोरुमले ग्राहकलाई सेरेस विद्युतीय सवारीको संसारको आभाष दिलाउने छ। ग्राहक अनुभवलाई केन्द्रमा राखि डिजाइन गरिएको यो शोरुममा विशाल एलईडी डिस्प्ले, सेरेसका पछिल्ला ईभी मोडेल र परामर्श तथा टेस्ट ड्राइभका लागि अनुभवी सेल्स टिम हुनेछ।

नेपालमा सेरेसको उपस्थिति बलियो बनाउन र ईभीको बढ्दो मागलाई पूर्ति गर्न यो शोरुमको महत्वपूर्ण भूमिका हुनेछ। ग्राहकसँग प्रत्यक्ष सम्पर्क स्थापना गरेर सेरेसले बिक्री र बिक्रीपछिको सेवा उपलब्ध गराएर सेरेसले नेपालको हरित यात्रालाई गति दिन चाहेको कम्पनीको भनाइ छ। 

सेरेसले यसअघि नै काठमाडौं उपत्यकाभित्र पानीपोखरी र ललितपुर तथा काठमाडौंबाहिर पोखरा र बुटवल डिलर सञ्जाल विस्तार गरिसकेको छ। निकट भविष्यमा सेरेसले विर्तामोड, विराटनगर, नेपालगञ्ज, चितवन र भक्तपुरमा पनि शोरुम खोल्दैछ।

सेरेसलाई ब्रान्ड फाइनान्स अटोमोटिभ उद्योगले २०२३ मा विश्वको सबैभन्दा छिटो बढ्दै गरेको अटोमोबाइल ब्रान्डको रूपमा मान्यता दिएको छ।

सेरेस युरोप प्रवेश गर्ने पहिलो चिनियाँ अटोमेकर हो र यो २१ युरोपेली राष्ट्रहरूसहित विश्वका करिब ७० देशहरूमा अवस्थित छ जसमा नेपाल ७१औँ स्थान बनेको छ।

सेरेस हुवावेको निर्माण साझेदार हो र यसले सन् २०२६ सम्ममा १० लाख ईभी उत्पादन गर्ने लक्ष्य राखेको छ।

संयुक्त राज्य अमेरिकाको सिलिकन भ्यालीको मुटुमा स्थापित सेरेसले चीन, जापान र अमेरिकामा अवस्थित तीनवटा आर एन्ड डी केन्द्रहरूसँग अनुसन्धान र विकासको लागि आफ्नो प्रतिबद्धता जाहेर गरेको छ। नेपालमा सेरेसले सेरेस थ्री र सेरेस मिनी ईभी गरी दुईवटा मोडलहरू उपलब्ध रहेका छन्। 


प्रकाशित : बिहीबार , फागुन २४ २०८०१५:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend