सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

सानिमा बैंकले ल्यायो चाडपर्व विशेष योजना

बिहीबार , फागुन २४ २०८०
सानिमा बैंकले ल्यायो चाडपर्व विशेष योजना

काठमाडौं- सानिमा बैंकले आफूले इच्छाएको आफ्नो फोटो राख्न मिल्ने डेबिट कार्ड ल्याएसँगै आफ्ना ग्राहकहरुका लागि चाडपर्व विशेष योजना सार्वजनिक गरेको छ ।

बैंकको नयाँ योजनाअन्तर्गत ग्राहकहरुले कस्टमाइज्ड डेबिट कार्डका लागि आवेदन गर्दा ५० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्।

छुटका लागि, ग्राहकहरुले आफूले महाशिवरात्रि, ग्याल्पो ल्होसार, होली, घोडेजात्रा र नयाँ वर्ष मनाएको फोटोको प्रयोग गर्नुपर्नेछ।

यो योजना फागुन २५, २०८० देखि लागु हुनेछ।

बैंकका अनुसार छुट प्राप्त गर्नका लागि ग्राहकले महाशिवरात्रि, ग्याल्पो ल्होसार र होली मनाएको फोटोयुक्त कार्डका लागि यो वर्षको चैत १५ सम्म आवेदन दिनुपर्नेछ। साथै, घोडेजात्रा र नयाँ वर्ष मनाएको फोटोयुक्त कार्डका लागि बैशाख ५, २०८१ सम्म आवेदन दिनुपर्नेछ।

उक्त कार्डका लागि ग्राहकहरुले सानिमा बैंकको आधिकारिक वेबसाइट वा सानिमा मोबाइल बैंकिङ एपमार्फत आफूले इच्छाएको फोटो अप्लोड गरी आवेदन दिन सक्नेछन्।

सानिमा बैंकको देशको सातै प्रदेशमा १३३ वटा कार्यालय तथा १२४ वटा एटीएम सञ्चालनमा रहेका छन्। यसैगरी, सानिमा बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड र मोबाइल बैंकिङ प्रयोगकर्ताहरुले विभिन्न अस्पताल, शपिङ आउटलेट, होटल, रेष्टुरेन्ट तथा अन्य मर्चेन्टहरुमा आकर्षक छुटको व्यवस्था मिलाएको छ। 


प्रकाशित : बिहीबार , फागुन २४ २०८०१३:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend