सोमबार, वैशाख २९ गते २०८२    
सोमबार, वैशाख २९ २०८२
images
images

साँघुरिँदै आन्तरिक ऋणको स्पेस, थप ८ अर्ब ऋण उठाउने तयारी

images
बिहीबार , फागुन २४ २०८०
images
साँघुरिँदै आन्तरिक ऋणको स्पेस, थप ८ अर्ब ऋण उठाउने तयारी

फागुन २९ गते ३ बजेसम्म यस ऋणपत्र खरिदका लागि आवेदन दिन सक्ने राष्ट्र बैंकले जनाएको छ। उक्त विकास ऋणपत्र आगामी फागुन ३० गते जारी हुनेछ।

images
images

काठमाडौं- नेपाल राष्ट्र बैंकले सरकारलाई थप ८ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने तयारी गरेको छ। राष्ट्र बैंकले ८ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्रका लागि बोलकबोल आह्वान गरेको हो। 

images
images
images

८ वर्ष अवधिको यस विकास  ऋणपत्रमा बैंक वित्तीय संस्था, बीमा कम्पनीहरू र अन्य संगठित संस्थाहरूले आवेदन दिन सक्नेछन्। 

images
images

फागुन २९ गते ३ बजेसम्म यस ऋणपत्र खरिदका लागि आवेदन दिन सक्ने राष्ट्र बैंकले जनाएको छ। उक्त विकास ऋणपत्र आगामी फागुन ३० गते जारी हुनेछ।

images
images

सरकारले चालु आर्थिक वर्ष करिब २ खर्ब ४० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य राखेको छ। जसमध्ये विकास ऋणपत्रमार्फत राष्ट्र बैंकले १ खर्ब ३० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाइसकेको छ। विकास ऋणपत्रको औषत ब्याजदर ६.६५ प्रतिशत कायम भएको छ। 

सरकारी वित्त व्यवस्थापन उच्च दबाबमा भएपछि अर्थ मन्त्रालयले चालु आर्थिक वर्षको सुरुवातबाट आन्तरिक ऋण उठाउन थालेको थियो। विगतका वर्षहरूमा दोस्रो त्रैमासबाट मात्रै आन्तरिक उठाउने प्रचलन रहेको थियो।

सरकारी वित्त व्यवस्थापन गर्न भन्दै तत्कालीन अर्थमन्त्री डा. प्रकाशशरण महतले वर्षको सुरुवातबाटै आन्तरिक उठाउन लगाएका थिए। घट्दो ब्याजदर र अधिक तरलताको उपयोग गर्दै सरकारको ब्याज दायित्व कम गर्न यस निर्णयले सहयोग गरेको छ।

अर्थ मन्त्रालयले दुईपटकसम्म कार्यतालिका नै परिवर्तन गरेर वर्षको सुरुवातबाटै आन्तरिक ऋण उठाएको थियो। चालु आर्थिक वर्षको पहिलो त्रैमासमा करिब ६० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य राखिएको भएपनि लक्ष्य संशोधन गरेरै भएपनि करिब ९७ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाइएको थियो। पहिलो त्रैमासमा आन्तरिक ऋण उठाउनैका लागि दुईपटक आन्तरिक ऋणको कार्यकालिका संशोधन गरिएको थियो। 

अब ८ अर्ब आन्तरिक ऋण उठाएसँगै सरकारसँग आन्तरिक ऋणको स्पेस घट्दै गएको छ। चौथो त्रैमासमा बढी सरकारी खर्च हुने भएकाले यस अवधिमा सरकारसँग करिब १ खर्ब रुपैयाँ बराबरको मात्रै आन्तरिक ऋणको स्पेस बाँकी रहेको छ।


प्रकाशित : बिहीबार , फागुन २४ २०८०१२:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend