सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

सुनको मूल्य हालसम्मकै उच्च, कति पुग्यो तोलाको?

बिहीबार , फागुन २४ २०८०
सुनको मूल्य हालसम्मकै उच्च, कति पुग्यो तोलाको?

बिहीबार सुनको मूल्य प्रतितोला १५ सय रूपैयाँले बढेको छ भने चाँदीको मूल्य प्रतितोला ३० रूपैयाँले वृद्धि भएको छ।

काठमाडौं- नेपाली बजारमा बिहीबार सुनको मूल्य प्रतितोला एक लाख २५ हजार रूपैयाँ पुगेको छ।

मंगलबार दुई हजार र बुधबार तोलामा पाँचसय रूपैयाँले बढेको सुनको मूल्य बिहीबार प्रतितोला १५ सय रूपैयाँले बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको हो। यस्तै तेजाबी सुनको मूल्य आज प्रतितोला एक लाख २४ हजार चारसय रूपैयाँ कायम छ।

यो साता मंगलबार र बुधबार दुवै दिन सुनको मूल्य कीर्तिमानी बिन्दुमा पुगेको थियो। मंगलबार प्रतितोला एक लाख २३ हजार  र बुधबार सुन प्रतितोला एक लाख २३ हजार पाँचसय रूपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य पनि बिहीबार बढेको छ। मंगलबार प्रतितोला ३५ रूपैयाँले बढेर बुधबार प्रतितोला पाँच रूपैयाँले घटेको चाँदीको मूल्य बिहीबार प्रतितोला ३० रूपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

महासंघका अनुसार चाँदी आज प्रतितोला एक हजार चारसय ७० रूपैयाँमा कारोबार भइरहेको छ।


प्रकाशित : बिहीबार , फागुन २४ २०८०११:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend