शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

फाक्सवागनले विद्युतीय सवारी उत्पादनमा १ खर्ब डलर लगानी गर्ने

शनिबार, मंसिर २५ २०७८
फाक्सवागनले विद्युतीय सवारी उत्पादनमा १ खर्ब डलर लगानी गर्ने

विद्युतीय सवारीमा रुपान्तरित हुन फक्सवागनले ८९ अर्ब युरो (१ खर्ब अमेरिकी डलर) भन्दा बढीी लगानी गर्ने समेत घोषणा गरेको छ। 

काठमाडौं- विश्वको सबैभन्दा ठूलो कार उत्पादक मध्येको एक फक्सवागनले आगामी ५ वर्षमा विद्युतीय सवारी र उच्च प्रविधिको विकासमा  केन्द्रित हुने बताएको छ। बिहीबार कम्पनीले आफ्नो योजना सार्वजनिक गर्दै यस्तो बताएको हो। 

२०२६ को अन्त्यसम्ममा फक्सवागनले विश्वभर बिक्री हुने सवारी मध्ये २५ प्रतिशत विद्युतीय हुने दाबी गरेको छ। हाल कम्पनीले बिक्री गर्ने कुल सवारी मध्ये ५ देखि ६ प्रतिशत विद्युतीय रहेको छ। विद्युतीय सवारीमा रुपान्तरित हुन फक्सवागनले ८९ अर्ब युरो (१ खर्ब अमेरिकी डलर) भन्दा बढीी लगानी गर्ने समेत घोषणा गरेको छ। 

फक्सवागनले गर्ने कुल लगानी मध्ये विद्युतीकृत परियोजनामा गर्न लागेको लगानी आधाभन्दा धेरै हो। त्यस्तै कम्पनीले हाइब्रिड सवारीका लागि समेत लगानी गरिरहेको छ।

कम्पनीले गर्ने लगानी आफ्नो हेडक्वाटरमा रहेको प्लान्टमा उत्पादन विस्तार गर्ने तयारी समेत गरेको छ। फक्सवागनले ट्रिनिटी परियाोजना अन्तर्गत फ्ल्यागसिप विद्युतीय कार २०२५ भित्र ल्याउने तयारी गरेको छ। 

फक्सवागनले आफ्नो हेडक्वाटरका साथै युरोपका अन्य स्थानमा समेत उत्पादन प्लान्ट विस्तार गर्ने योजना बनाएको छ। त्यस्तै कम्पनीले छुट्टै ब्याट्री उत्पादन गर्ने कम्पनी समेत स्थापना गर्ने बताएको छ।

सो ब्याट्री कम्पनीले ३० अर्ब युरो बराबरको आम्दानी गर्ने छ जुन अहिले फक्सवागनको स्कोडा कार डिभिजनको भन्दा धेरै हुने कम्पनी स्वयम्ले दाबी गरेको छ। 

जर्मन कर उत्पादक कम्पनी फक्सवागनको फक्सवागन ब्रान्ड र चेकको कम्पनी स्कोडाका साथै पोस्र्च, अउडी, बेन्टले, लिम्बर्गिनीलगायत ब्रान्डको स्वामित्व फक्सवागनसँगै छ। 


प्रकाशित : शनिबार, मंसिर २५ २०७८०२:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend