बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

नवनियुक्त मन्त्रीहरूले लिए शपथ, यस्तो बन्यो मन्त्रिपरिषद्‍

बुधबार, फागुन २३ २०८०
नवनियुक्त मन्त्रीहरूले लिए शपथ, यस्तो बन्यो मन्त्रिपरिषद्‍

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सत्ता साझेदार फेरिएपछि नयाँ मन्त्रीहरूको मन्त्रालयको जिम्मेवारी टुंगो लागेसँगै पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। 

नवनियुक्त मन्त्रीहरुले बुधबार राष्ट्रपति भवन शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसँग शपथ ग्रहण गरेका हुन्।

१९ जना नयाँ मन्त्रीहरूमा १६ जनाले बुधबार शपथ लिएका हुन्। तीन जनाले मन्त्रालय टुंगो लाग्नुअघि सोमबार नै शपथ लिएका थिए।

सरकारमा एमालेबाट रघुवीर महासेठ उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री, पदम गिरी कानून न्याय तथा संसदीय मामिलामन्त्री, हरि उप्रेती रक्षामन्त्री, भगवती चौधरी महिला बालबालिकामन्त्री, राजेन्द्र राई खानेपानीमन्त्री, दामोदर भण्डारी उद्योगमन्त्री, ज्वालाकुमारी साह कृषिमन्त्री र बलराम अधिकारी भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री बनेका छन्। 

20240306_203418.jpg

माओवादीबाट नरायणकाजी श्रेष्ठ उपप्रधान तथा परराष्ट्रमन्त्री बनेका छन् भने वर्षमान पुन अर्थमन्त्री बनेका छन्। यस्तै शक्ति बस्नेत ऊर्जामन्त्री, रेखा शर्मा सञ्चारमन्त्री र हितबहादुर तामाङ पर्यटनमन्त्री बनेका छन्। 

रास्वपाबाट रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री, डीपी अर्याल श्रममन्त्री, विराजभक्त श्रेष्ठ युवा तथा खेलकुदमन्त्री र सुमना श्रेष्ठ शिक्षामन्त्री बनेका छन्। 

माओवादी-एमाले-रास्वपासहितको गठबन्धन सरकारमा एकीकृत समाजवादीसमेत सहभागी हुने निर्णय भएर भानुभक्त जाेशी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री र धनबहादुर बुढा सहरी विकासमन्त्री बनेका छन्। 


प्रकाशित : बुधबार, फागुन २३ २०८०२०:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend