बुधबार, वैशाख २६ गते २०८१    
images
images

टुंगो लाग्यो १७ मन्त्रालयका मन्त्री, शपथको तयारी

images
images
images
टुंगो लाग्यो १७ मन्त्रालयका मन्त्री, शपथको तयारी
images
images

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सत्ता साझेदार फेरिएपछि नयाँ १७ जना मन्त्रीहरूको मन्त्रालयको जिम्मेवारी टुंगो लागेको छ। 

images
images
images

नयाँ मन्त्रीहरूमा १४ जनाले बुधबार शपथ लिँदै छन्। तीन जनाले मन्त्रालय टुंगो लाग्नुअघि सोमबार नै शपथ लिएका थिए।

images

माओवादी-एमाले-रास्वपासहितको गठबन्धन सरकारमा एकीकृत समाजवादीसमेत सहभागी हुने भएको छ। तर समाजवादीले कति र कुन मन्त्रालय पाउने भन्ने टुंगो लागेको छैन। 

images

सरकारमा एमालेबाट रघुवीर महासेठ उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री, पदम गिरी कानून न्याय तथा संसदीय मामिलामन्त्री, हरि उप्रेती रक्षामन्त्री, भगवती चौधरी महिला बालबालिकामन्त्री, राजेन्द्र राई खानेपानीमन्त्री, दामोदर भण्डारी उद्योगमन्त्री, ज्वालाकुमारी साह कृषिमन्त्री र बलराम अधिकारी भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री बनेका छन्। 

images
images

माओवादीबाट नरायणकाजी श्रेष्ठ उपप्रधान तथा परराष्ट्रमन्त्री बनेका छन् भने वर्षमान पुन अर्थमन्त्री बनेका छन्। यस्तै शक्ति बस्नेत ऊर्जामन्त्री, रेखा शर्मा सञ्चारमन्त्री र हितबहादुर तामाङ पर्यटनमन्त्री बनेका छन्। 

रास्वपाबाट रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री, डीपी अर्याल श्रममन्त्री, विराजभक्त श्रेष्ठ युवा तथा खेलकुदमन्त्री र सुमना श्रेष्ठ शिक्षामन्त्री बनेका छन्। 

images

प्रकाशित : बुधबार, फागुन २३ २०८००४:५३

प्रतिक्रिया दिनुहोस