आइतबार, जेठ ६ गते २०८१    
images
images

पर्यटकको आकर्षणमा करबाकेलीको संग्रहालय

images
बुधबार, फागुन २३ २०८०
images
images
पर्यटकको आकर्षणमा करबाकेलीको संग्रहालय

दुईतले संग्रहालयमा समुदायका कला, संस्कृति, परम्परा, रहनसहन, जीवनशैलि, पहिचान झल्कने सामग्री संकलन गरेर राखिएका छन्।

images
images

बेनी- म्याग्दीको अन्नपूर्ण गाउँपालिका-८ मा अवस्थित धार्मिक पर्यटकीयस्थल करबाकेलीमा सञ्चालनमा आएको संग्रहालय पर्यटकको आकर्षणको केन्द्र बनेको छ।

images
images
images

करबाकेली ‘ट्र्याक’ हुँदै भ्रमणमा आउने पर्यटकका लागि प्राकृतिक सौन्दर्यसँगै ‘पुन समुदायको संग्रहालय’मुख्य आकर्षणको केन्द्र बनेको हो। करबाकेली बाबा संरक्षण समितिको अगुवाइमा निर्माण गरिएको पहिचान झल्काउने संग्रहालयमा दैनिकरुपमा भ्रमणमा आउने पर्यटकले रुचिका साथ अवलोकन गर्ने गरेको करबाकेलीथान संरक्षण समितिका सचिव रवि गर्वुजाले बताए।

images

'धौलागिरि र अन्नपूर्ण हिमशृङ्खलाका दर्जन बढी हिमाललाई एकै ठाउँबाट अवलोकन गर्न पाउने यहाँको प्रमुख विशेषता हो, संग्रहालय सञ्चालनमा आएपछि पर्यटकका लागि थप आकर्षण बनेको छ', उनले भने।

images
images

मौलिकता झल्कने गरी करिब ८५ लाखमा निर्माण भएको यो संग्रहालय बनाउन गाउँपालिकाले सात लाख रूपैयाँ र प्रदेश सरकारले पाँच लाख रूपैयाँ बजेट उपलब्ध गराए पनि अन्य सबै बजेट सहयोगमार्फत जुटाइएको थियो। दुईतला भएको संग्रहालयमा समुदायका कला, संस्कृति, परम्परा, रहनसहन, जीवनशैलि, पहिचान झल्कने सामग्री संकलन गरेर राखिएका छन्।

images
images

यहाँ आउने सबै पर्यटकले संग्रहालयमा राखिएका सामानलाई रुचिका साथ अवलोकन गर्ने गरेको करबाकेलीथानका कर्मचारी चन्द्रबहादुर पुनले बताए। उनका अनुसार यस संग्रहालयमा पर्यटकका लागि एक सय ५० र स्थानीयका लागि ५० प्रवेश शुल्क लिने गरिएको छ। विद्यार्थी, बालबालिका, वृद्धवृद्धा र पत्रकारका लागि भने निःशुल्क अवलोकन गर्न पाउने व्यवस्था गरिएको छ।

संग्रहालयमा राखिएका परम्परागत पानी घट्ट, कोल, डोको, ढिक्की, जाँतो, मौलिक पहिचान झल्कने पोसाक, हातहतियार, भाँडा, गहनालगायत सामग्रीले पर्यटक आकर्षित हुने गरेका छन्। संग्रहालयमा राखिएका सामग्रीले परम्परागत समाजको मौलिक कला, संस्कृति, परम्परा, रहनसहन र जनजीवनको झल्को दिने तथा अध्ययनस्थलका रुपमा लिन सकिने बेनीबाट पहिलो पटक करबाकेली पुग्नुभएका रमेश शर्माले बताए।

ढुंगा, माटो, चुन, सिमेन्ट, बालुवा र काठ प्रयोग गरेर मौलिकता झल्कने आकर्षक दुईतले संग्रहालय भवन निर्माण भएको छ। करबाकेलीथान परिसरमा निर्माण भएको संग्रहालयले परम्परागत र हराएर जाने अवस्थामा पुगेका सामग्रीको संरक्षणमा सहयोग पुगेको अन्नपूर्ण-८ का वडाध्यक्ष खमबहादुर गर्बुजाले बताए। रासस


प्रकाशित : बुधबार, फागुन २३ २०८००३:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend