सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

सुनको मूल्यमा लगातार कीर्तिमान, चाँदीको घट्यो

बुधबार, फागुन २३ २०८०
सुनको मूल्यमा लगातार कीर्तिमान, चाँदीको घट्यो

बुधबार सुनको मूल्य प्रतितोला पाँचसय रूपैयाँले बढेको छ भने चाँदीको मूल्य प्रतितोला पाँच रूपैयाँले घटेको छ।

काठमाडौं- नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। मंगलबारको तुलनामा प्रतितोला पाँचसय रूपैयाँले बढेर सुनको मूल्य बुधबार नयाँ कीर्तिमानी बिन्दुमा पुगेको हो।

बुधबारका लागि छापावाल सुनको मूल्य प्रतितोला एक लाख २३ हजार पाँचसय रूपैयाँ तोकिएको छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख २२ हजार ९ सय रूपैयाँ पुगेको छ। 

मंगलबार सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला एक लाख २३ हजार रूपैयाँ पुगेको थियो।

मंगलबार प्रतितोला ३५ रूपैयाँले बढेको चाँदीको मूल्य भने बुधबार प्रतितोला पाँच रूपैयाँले घटेको छ। बुधबार चाँदी प्रतितोला १४ सय ४० रूपैयाँमा कारोबार भइरहेको छ।


प्रकाशित : बुधबार, फागुन २३ २०८०११:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend